back
NMB ad

‘कृषकलाई एक प्रतिशत ब्याजमा सहुलियत ऋण दिने’

Kumari bank ad

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले किसानहरुलाई सबै बैंकबाट एक प्रतिशत ब्याजमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री देवी चौधरीले प्रदेश सरकारको कृषि बजेटमा यस्तो कार्यक्रम समावेश गरिने जानकारी दिनुभयो ।

एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् (अनाज) को आयोजनमा ‘कोरोना महामारी र सुदूरपश्चिम प्रदेशमा कृषि बजेटका सवालहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएकी हुन् ।

यसअघि कृषि विकास बैंक र वाणिज्य बैंकबाट मात्रै दिइँदै आइएको यस्तो सुविधा प्रदेशको नयाँ बजेटमार्फत सबै बैंकबाट दिन मिल्ने बनाउने मन्त्री चौधरीले स्पष्ट पारिन् । ‘किसानहरुलाई अनुदान भन्दा सहुलियतपूर्ण ऋणमा सरकारले जोड दिएको छ, उहाँले भन्नुभयो, ‘बाँकी ब्याज हामीले तिर्नेगरी एक प्रतिशत ब्याजमा किसानलाई ऋण उपलब्ध गराउँछौं ।’

प्रदेशको कृषिलाई प्रविधिमैत्री बनाउने र किसानको मेहनतले बजार पाउनेगरी बजेटका कार्यक्रम आउने पनि बताउनुभयो । विदेशबाट फर्किएका युवालाई कृषिमा टिकाउने किसिमको बजेट मन्त्रालयले ल्याउने भन्दै खुला सिमाका कारण प्रदेशका किसानको उत्पादनले बजार नपाएको मुद्दालाई कानुन बनाएर सम्बोधन गर्ने मन्त्री चौधरीको भनाई थियो ।

कार्यक्रममा प्रदेश कृषि सचिव डा. किसान लाल भट्टले किसानको समस्या समाधान गर्ने बजेट आउने बताउनुभयो । प्रदेशमा माछापालन, कुखुरा पालन व्यवसायहरुमा प्रविधिको प्रयोग गरीरहेको भन्दै सचिव भट्टले मन्त्रालयले कृषि प्रविधि फराकिलो बनाउने जानकारी गराउनुभयो । ‘किसानलाई मल, विद्युत, ब्याजमा अनुदान पनि बजेटले दिन्छ, कृषक परिचयपत्र पनि कार्यन्वनयनमा आउँछ,’ सचिव भट्टले भन्नुभयो । प्रदेशमा चिस्यान, दूग्ध प्रशोधन केन्द्र जस्ता कार्यक्रम पनि प्रदेशमा सञ्चालन हुने बताउनुभयो ।

अर्थशास्त्री प्रा.डा.राजेन्द्रवीर चन्दले प्रदेशको कृषि क्षेत्र विकासको काम विगतमा देखिने खालको नभएको बताउनुभयो । परम्परागत कृषि उपकरणको प्रयोगबाट भईरहेको कृषि बदल्न आधुनिकता भित्र्याउन जरुरी भएको भन्दै उहाँले नयाँ प्रविधिसँग अभ्यस्त हुने कर्मचारी कृषक बनाउनु प्रदेको हितमा हुने बताउनुभयो । प्लटीङले गर्दा उत्पादन योग्य जमिन सकिन थालेकोका चिन व्यक्त गर्दै उहाँले कृषि प्राविधिक शिक्षा प्रदेशमा फैलाउनु जरुरी भएको धारणा राख्नुभयो । भारतबाट भित्रिने कृषि उपजको चेपुवामा यस क्षेत्रको किसान परेको भन्दै यसलाई विशेष ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रदेशका कृषि उद्यमी पहलवन देउवाले आत्मनिर्भर कृषि परियोजनका लागि प्रदेश सरकारले कार्यक्रम ल्याउनु पर्ने धारणा राख्नुभयो । किसानको उत्पादनले बजार नपाउने समस्या अहिले पनि उस्तै रहेको भन्दै उहाँले उत्पादनको बजार निश्चितता र बिचौलिय नियन्त्रणमा बजेट केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय कृषक समूह महासंघ, सुदुरपश्चिमका अध्यक्ष प्रकाश थापाले कृषि उत्पादनको क्षेत्रमा सुदूरपश्चिम राम्रो भएपनि सिचाईंको र प्रविधि परिचालनमा पछि परेको बताउनुभयो । किसानको उत्पादनले बजार नपाएका कारण विदेशबाट फर्केर कृषिमा लागेका युवा पनि हतोत्साहित भएको उहाँको भन्दै त्यस्ता समस्या चिर्ने बजेट आउनु पर्नेमा जोड दिनुभयो ।

कृषि वैज्ञानिक भोलामान वस्नेतले नीति कार्यक्रम बनाउँदा विज्ञलाई प्रयोग गर्नु पर्नेमा जोड दिनुभयो । पढेर, परेर र सफलतापूर्वक कार्य सम्पन्न गरेको व्यक्तिलाई काम दिन उनले प्रदेश सरकारलाई सुझाव दिनुभयो ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार १३:०६ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...