एनआरएनए नागोयाको सचिवमा धादिङका रामकुमार थापाको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समन्वय समिती नागोयाको सचिवमा रामकुमार थापाले उम्मेदवारी दिनुभएको छ ।

जुन ६ तारिकको दिन आठौँ अधिवेशन तथा नयाँ कार्य समिती चयन हुदैँछ । अहिले सहसचिवको पदमा रही दरिलो छाप बनाउनु भएका थापालाई एनआरएनए नागोयाको सचिवमा कडा उम्मेदवारको रुपमा हेरिएको छ ।

एनआरएनए नागोयाको सचिवमा उम्मेदवारी दिनुभएका थापा धादिङ समाज नागोया जापानका पूर्व सचीव र धादिङ जिल्ला फुटवल संघका पूर्व उपाध्यक्ष भई काम गरिसकेका छन ।

टोकियो फुकुसी युनिभर्सीटी हुदै हाल निशान अटोमोबाइल इन्जिनियरीङ अध्यनरत थापा अहिले निसान कम्पनीमा स्थाई कर्मचारीका रुपमा प्रवेश गर्न लाग्नु भएको छ ।

थापा सचिव पदनका लागि अन्य उम्मेदवार भन्दा बलियो दावेदारको रुपमा हेरिएको छ । थापासगैँ बिष्णु कार्कीले पनि सचिवमा दावी गर्नुभएको छ । एनआरएनए जापानमा नागोया क्षेत्रीय समितीलाई महत्पूर्ण रुपमा हेरिन्छ ।

२०७८ जेष्ठ २१ गते १६:११ मा प्रकाशित

You can share this post!

आउँदै ६ अर्बको आइपीओ, कुन कम्पनीको कति ? (विवरणसहित)

आउँदै ६ अर्बको आइपीओ, कुन कम्पनीको कति ? (विवरणसहित)

Related posts