आम नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुन्छौं : उपप्रधान तथा अर्थमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताउनु भएको छ ।

अर्थ मन्त्रालयमा पदबहाली पछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताउनुभयो ।

उहाँले कोभिड–१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा निर्वाचन गराउन अभिभारालाई पुरा गर्ने बताउनुभयो ।

पदबहालीका क्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति दिने सम्बन्धी निर्णयलाई स्वीकृत गर्नु भएको छ । जसमा सल्यान अस्पताललाई १ करोड ५५ लाख र रोल्पा अस्पतालका लागि ७५ लाख रुपैयाँ रहेको छ ।

२०७८ जेष्ठ २२ गते १६:५० मा प्रकाशित

You can share this post!

मन्त्रिमण्डलमा ब्यापक हेरफेर, कसको बढुवा भयो, को नयाँ आए ?

मन्त्रिमण्डलमा ब्यापक हेरफेर, कसको बढुवा भयो, को नयाँ आए ?

Related posts