back
NMB ad

काठमाडौं आईपुग्यो एनआरएनएले पठाएको थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पठाएको थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर शनिबार काठमाडौं आईपुगेको छ ।

एनआरएनए “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्गत विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा विश्वभर छरिएका विभिन्न संघ/संस्था र नेपाली समुदायको सहयोगमा उक्त सामग्री काठमाडौं आएको हो ।

जसमा यूकेबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानाडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट ७ वटा र अन्य सँस्थाबाट ३६ वटा अक्सिजन कन्सनट्रेटरको खरीदका लागि आर्थिक सहायता प्राप्त भएको हो ।

चीनस्थित नेपाली दुताबास र गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रकृया सहयोग गरेको थियो भने ढुवानी खर्च नेपाल सरकारले बेहोरेको एनआरएनएका प्रवक्ता डिवी क्षेत्रीले जानकारी दिनुभयो ।

यसैगरी, गैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रबाट इलाम देखि जुम्ला सम्मका विभिन्न १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १४५ अक्सिजन सिलिन्डर खरिद सहित ११५० रिफिल अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरि सकिएको छ भने दुर्गम क्षेत्रमा सिलिन्डर पठाउने अभियान जारी छ ।

विश्वभरीबाट प्राप्त बाँकि आर्थिक सहयोगबाट संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरिएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

संघको अभियानमार्फत सहयोग गर्नु हुने विदेशस्थित दुताबास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति सहयोगदाता, लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीप्रति गैरआवासीय नेपाली संघ हार्दिक आभार व्यक्त गरेको छ ।

वि.सं.२०७८ जेठ २३ आइतवार १०:४४ मा प्रकाशित

You can share this post!

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सर्वोत्तम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:०४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...