back
NMB ad

नेप्सेको कारबाहीपछि खानीखोला हाइड्रोपावरले सार्वजनिक गर्यो वित्तीय अवस्था, करिब १० करोड घाटामा

Kumari bank ad

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले कारोबार रोक्का गरेको थियो ।

कारोबार रोक्का भएपछि कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको हो । वित्तीय अवस्था सार्वजनिक नगरेपछि लगानीका लागि लगानीकर्तामा अन्योलता छाएको थियो ।

तेस्रो त्रैमासम्म कम्पनी ९ करोड ९० लाख ५७ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत वर्षको तुलनामा भने नोक्सानी कमी देखिएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा पनि १० करोड १२ लाख २६ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

कम्पनीको विद्युत बिक्ती आम्दानी भने बढेको छ । गत वर्षको तेस्रो त्रैमासम्म ५६ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले यो वर्षको सोही अवधिमा ७ करोड २६ लाख १२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको चुक्तापुँजी ४६ करोठड ५७ लाख १४ हजार रुपैयाँ रहेको छ । जगेडा कोष रकम ६६ करोड २० लाख १ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ २७ पैसा, र प्रतिसेयर नेटवर्थ २९ रुपैयाँ ४१ पैसा ऋणात्मक रहेको छ ।

वि.सं.२०७८ जेठ २३ आइतवार ११:१० मा प्रकाशित

You can share this post!

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...