back
NMB ad

नेपालमा तत्काल खोप ल्याउन प्रशस्तै जटिलता छन् : स्वास्थ्य मन्त्री तामाङ

Kumari bank ad

काठामडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले नेपालमा तत्काल खोप ल्याउन प्रशस्तै जटिलता भएको बताउनुभएको छ । गैरआवासीय नेपाली संघले आयोजना गरेको एक भर्चुअल अन्तरक्रिया कार्यक्रममा मन्त्री तामाङले यस्तो बताउनु भएको हो ।

उहाँले सरकारको पहिलो प्राथमिकता खोप ल्याउनु नै भएको र त्यसका लागि विभिन्न मुलुकहरुसँग समन्वय भइरहेको जानकारी गराउनु भयो । समन्वय भएपनि खोपको उपलब्धता लगायत अन्य विविध कारण खोप ल्याउन केही समय लाग्ने बताउनुभयो ।

बेलायत, अमेरिका लगायतका मुलुकले कोभ्याक्स अन्तर्गत उपलब्ध गराउने भनेर व्यक्त प्रतिबद्धताले केही राहत मिल्ने उहाँले बताउनुभयो । खोप खरीदका सरकार प्रतिबद्ध रहेको र खरिदका लागि कुनै व्यवहारिक समस्या नभएपनि खोप निर्माण भइरहेका मुलुकहरु आफैँ महामारी नियन्त्रणमा केन्द्रित भएकोले समस्या परेको उहाँको भनाई छ ।

अक्सिजन कन्सन्ट्रेटर, सिलिन्डर लगायतका अन्य अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल पठाउन विदेशस्थित नेपाली समुदायले देखाएको तदारुकताको प्रशंसा गर्दै मन्त्री तामाङले आगामी दिनमा खोप खरीद लगायतका अन्य विषयमा गैरआवासीय नेपाली संघसँग सहकार्य जारी राख्ने बताउनुभयो । त्यसका लागि आफू रहेको देशबाट खोप ल्याउनका लागि पहल गर्न उहाँले गैरआवासीय नेपालीहरुलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पछिल्लो कठिन समयमा नेपालमा अक्सिजन कन्सन्ट्रेटर लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री पठाउन गरेको सहयोग भन्दै आगामी दिनमा पनि सोही किसिमको सहयोगका लागि आह्वान गर्नुभयो । महामारीका समयमा देशमा उपलब्ध स्रोत साधन मात्रै पर्याप्त नहुने भएकोले सबै नेपालीले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनुभयो । महामारीको समय नेपालीलाई बचाउने अभियानमा संलग्न सबैको योगदान स्वर्ण अक्षरमा लेखिने र यसको उच्च मुल्यांकन हुने उहाँको भनाई थियो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले मुलुक अप्ठ्यारोमा परेको बेला गैरआवासीय नेपालीहरुले देशलाई सघाउने संस्कार बसिसकेको बताउनुभयो । सरकारसँग सहकार्य गरेर खोप नेपालमा पठाउन तयार रहेको भन्दै उहाँले खोप खरिदका लागि सरकारलाई प्रस्ताव समेत गरेको बताउनुभयो । अध्यक्ष पन्तले विदेशमा विचल्लीमा परेका नेपालीहरुको उद्धारको लागि सरकारले नयाँ नीति बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले विश्व श्रमबजारमा रहेका नेपालीमा भोकमरीको समस्या आउन सक्ने बताउँदै नेपाल सरकारले तत्काल नेपाल फर्किनको लागि वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।

एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपालीहरुले नेपालको खुशी र दुःख दुवैमा साथमा दिएको बताउनुभयो । डा. महतोले नेपालको महामारीको लडाँईसँग लड्नका लागि अरुको अनुदान र सहयोगको मात्रै भर पर्नुपरेको भन्दै त्यस्तो अवस्थाको अन्त्य गरेर नेपाललाई ‘माग्ने होइन दिने’ देशका रुपमा परिणत गर्नुपर्नेमा जोड दिनुभयो ।

एनआरएनए फाउण्डेसनका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष जीवा लामिछानेले फाउण्डेसनले नेपालमा ७ वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापनाको काम अघि बढाएको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा ४ वटा अक्सिजन प्लान्ट र बाँकी ३ वटा प्लान्ट दोस्रो चरणमा स्थापना गर्ने गरि कामअघि बढेको बताउनुभयो । उहाँले दाताहरुको इच्छा अनुरुप नेपालमा अक्सिजन प्लान्ट स्थापनाको लागि सरकारलाई सहयोगको लागि आग्रह गर्नुभयो ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीले चीनमा रहेका नेपालीहरुको सहयोगमा स्वास्थ्य सामाग्री नेपाल पठाइएको र अन्य चरणमा क्रमशःसामाग्री पठाउने तयारी भइरहेको बताउनुभयो । उहाँले गैरआवासीय नेपालीहरुले पठाएको अक्सिजन कन्सन्ट्रटेरले मानिसहरुको ज्यान जोगाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि अन्तिम विकल्प खोप मात्रै भएको भन्दै उहाँले खोप नेपाल पठाउन संघले हरसम्भव पहल जारी राखेको र त्यसमा नेपाल सरकारले पनि आफूहरुसँग सहकार्य गर्नुपर्ने उल्लेख गर्नुभयो । तत्कालका लागि स्वास्थ्य सामाग्री मात्रै नभई खोप नेपाल पठाउन आफूहरुले गर्न सकिने सबै खाले पहल थाल्न ढिलो गर्नु नहुने डा. केसीको भनाई थियो ।

गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले बेलायतमा रहेका नेपाली समुदायले एनआरएनएलाई विश्वास गरेर दिनुभएको आर्थिक सहयोगबाट प्राप्त कन्सरट्रेटर दुई हप्ताभित्रमा नेपाल सरकार समक्ष पु¥याउन सफल भएको भन्दै सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले बेलायतका ९३ वटा संघसंस्था र ४४ जना व्यक्तिबाट अक्सिजन कन्सनट्रेटर किन्नको लागि २ करोड ५० लाख रुपैयाँको प्रतिबद्धता आएको जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियका अध्यक्ष केशव कंडेलले ने अब अक्सिजन कन्सरट्रेटर अभाव नहुने बताउँदै थप सहयोगको लागि सरकारले नयाँ क्षेत्र खोज्नुपर्ने बताउँनुभयो । उहाँले विदेशमा संकलन भएको सहयोग जहाँको लागि भनेर संकलन भएको हो त्यही स्थानसम्म पुर्याउन नेपाल सरकारलाई आग्रह गर्नुभयो ।

वि.सं.२०७८ जेठ २५ मंगलवार १०:२४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...