यी हुन् आज कमाउने र गुमाउने प्रमुख कम्पनीहरु, कुनको कति बढ्यो/घट्यो सेयर मूल्य ?

काठमडौं । बुधवार विभिन्न आठ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । उक्त दिन सेयर मूल्य वृद्धि हुने अधिकांश हाइड्रोपावर कम्पनी रहेका छन् ।

आज नेपाल इन्स्योरेन्स कम्पनी, युनाईटेढ मोदी हाइड्रोपावर, रिदी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स र प्रभु इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यी कम्पनीसहित आज गोर्खाज फाइनान्स, गुडवील फाइनान्स, ङादी ग्रुप पावर, बोटल्र्स नेपाल (तराई), शिवम् सिमेन्ट लगायतका लगानीकर्ताहरुको कमाएका छन् ।

यस्तै, आज युनाईटेड आईडी मार्दी आरबि हाइड्रोपावरको सेयर मूल्य उच्च दरमा गिरावट आएको छ । कम्पनीको सेयर मूल्य ९.८८ प्रतिशतले घटेको हो ।

त्यसैगरि आज महालक्ष्मी विकास बैंक, साइना रेसुङ्गा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, सांगिला डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, जानकी फाइनान्स, रिलायन्स फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, नेपाल फाइनान्स लगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।

२०७८ जेष्ठ २६ गते १५:१५ मा प्रकाशित

You can share this post!

आठ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि, प्रतिकित्ता कुनको कति बढ्यो ?

आठ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि, प्रतिकित्ता कुनको कति बढ्यो ?

Related posts