back
NMB ad

संस्थागत अभिकर्तालाई लाइसेन्स दिन सकिने, के-के चाहिन्छ याेग्यता ?

Kumari bank ad

काठमाडौं । बीमा समितिले ‘संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका, २०७८’ जारी गरेको छ । समितिले जारी गरेको निर्देशिकामा संस्थागत अभिकर्तालाई लाइसेन्स दिन सक्ने व्यवस्था गरिएको छ ।

निर्देशिकामा यसकाे लागि संस्थागत अभिकर्ताको लाइसेन्स लिँदा मुख्य वा प्रमुख व्यवस्थापकहरुमध्ये कम्तिमा एक जनाले समिति वा बीमा कम्पनीहरुबाट सञ्चालन गरेको अभिकर्ता तालिमममा सहभागरी भई प्रमाणपत्र लिएको हुनुपर्ने छ ।

अभिकर्ताको सञ्चालक, मुख्य वा प्रमुख व्यवस्थापकले कम्तिमा एस.ई .ई वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनु पर्नेछ । संस्थागत अभिकर्ताको प्रबन्धपत्र नियमावली वा विधानमा कुन किसिमको बीमा अभिकर्ता भई कार्य गर्ने हो त्यस विषयमा उल्लेख गनुपर्ने छ ।

संस्थागत अभिकर्ताको लाइसेन्स लिन चाहने संस्थाले अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, लेखापरिक्षण प्रतिवेदन गरेको हुनुपर्ने छ । अभिकर्ताले विद्युतीय प्रणालीबाट बीमा शुल्क संकलन गरी बीमा कम्पनीलाई भुक्तानी गर्न पाउने छन् । अभिकर्ताले बीमितलाई बीमालेखमा उल्लेखित सम्पुर्ण शर्त एवं सुविधाबारे पुर्ण रुपमा जानकारी गराउनु पर्नेछ ।

वि.सं.२०७८ जेठ २६ बुधवार २०:०२ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...