back
NMB ad

पुनर्बीमा दलाल निर्देशिका जारी, के-के छन् मापदण्ड ?

Kumari bank ad

काठमाडौं । बीमा समितिले पुनर्बीमा दलाल ‘ब्रोकर’ सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ ।

समितिले जारी गरेको निर्देशिकामा संगठित संस्थाको अधिकृत पूँजी कम्तिमा १० करोड रुपैयाँ उल्लेख गरिएको छ । १० करोडम ५० प्रतिशत चुक्ता पूँजीको रुपमा कायम गर्नु पर्ने छ । अधिकृत पुँजीको ५० प्रतिशत रकम समितिबाट एअर मार्क गराई वाणिज्य बैंकको मुद्दती खातामा राखेको हुनुपर्ने छ ।

ब्रोकरले तोकेको पूँजी मध्ये अधिकृत पूँजीको २५ प्रतिशत रकम समितिबाट एअर मार्क गराई बाणिज्य बैंकको मुद्दती खातामा राख्नुपर्नेछ । अधिकृत पूँजी तथा चुक्ता पूँजी सम्बन्धी अन्य व्यवस्था समितिले समय समयमा तोक्न सक्ने छ ।

संगठित संस्थाले पुनर्बीमा दलालको इजाजत लिन बीमा समितिमा निवेदन दिनु पर्नेछ । समितिले भने अुनसार निवेदन दिएपछि समितिले आवश्यक ठानेमा अनुमित दिने छ । समितिले अनुमति नदिइ ब्रोकरको काम गर्न पाइने छैन ।

उक्त निर्देशिकामा कुनै बीमा वा पुनर्बीमकको सञ्चालक, आधारभूत शेयरधनी, कर्मचारी वा पदाधिकारी, परामर्शदाता, सल्लाहकार, लेखापरीक्षक बीमक वा पुनर्बीमक सँग व्यवसायिक कारोबार भएको व्यक्ति तथा ऐन बमोजिम बीमा अभिकर्ता, सर्भेयर, तस्रो पक्ष सहजकर्ता वा अन्य कुनै बीमा मध्यस्थकर्ताको इजाजतपत्र लिएको व्यक्ति त्यस्तो इजाजतपत्र बहाल रहेको अवधिभर ब्रोकर सञ्चालन गर्न पाउने छैन । यसका विभिन्न काम, कर्तव्य र अधिकार पनि निर्धारण गरिएको छ ।

वि.सं.२०७८ जेठ २७ बिहीवार ०८:३८ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...