छुट्ला है नागरिक लगानी कोषको ३ लाख ५० हजार कित्ता सेयर, आवेदन दिने आज अन्तिम मिति

काठमाडौं । आज नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा आवेदन दिने अन्तिम दिन रहेको छ ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयरमा आवेदन गर्ने आज बैंकिङ समयसम्म रहेको छ ।

कोषको न्यूनतम सेयरमूल्य १ हजार ३६६ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्नेछ । बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

आवेदकले न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन । एनआईसी एशिया बैंकको केन्द्रीय कार्यलयहरु विराटनगर,पोखरा,बुटवल धनगढी र सुर्खेतबाट बोलपत्र पेश गर्न सक्नेछन् ।

२०७८ जेष्ठ २७ गते १२:३७ मा प्रकाशित

You can share this post!

सिटिजन्स बैंकले सिर्जना फाइनान्सले प्राप्ति गर्ने प्रस्ताव पारित, स्वाप रेसियो कति ?

किन आवश्यक छ क्रेडिट रेटिङ्ग, सेयर लगानीकर्ताले केमा दिने ध्यान ? (निरञ्जय घिमिरेको लेख)

Related posts