सेयर बजारमा सामान्य अंकको गिरावट, १६ अर्ब बढीको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । बिहीबार १.८० अंकले बजार घटेको हो ।

बजार परिसुचक भने १९४४.७८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन १६ अर्ब १० करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज डेभलपमेन्ट बैंक, जलविद्युत, फाइनान्स, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र लगानी समूह बढेको छ ।

बैंकिङ समूह १७.७८ अंक, व्यापार ५७.४२, होटल तथा पर्यटन १३.२७, निर्जीवन बीमा ४५.०९, उत्पादक तथा प्रशोधन ३८.६७, अन्य ६, जीवन बीमा २७३.६८ अंकले घटेको छ ।

उक्त दिन एचआईडीसीएलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ९९ करोड ६५ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारकै आधारमा नेपाल पुनर्बीमा कम्पनी दोस्रो स्थानमा रहेको छ । उक्त कम्पनीको ५७ करोड ५० लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

२०७८ जेष्ठ २७ गते १५:०९ मा प्रकाशित

You can share this post!

मेलम्चीको परीक्षणसँगै यांग्री र लार्के खोलाको काम तत्काल सुरु गर्न प्रम ओलीको निर्देशन

मेलम्चीको परीक्षणसँगै यांग्री र लार्के खोलाको काम तत्काल सुरु गर्न प्रम ओलीको निर्देशन

Related posts