काठमाडौं । साताको अन्तिम कारोबार दिन एक दर्जन बढी कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । बिहीबार १४ कम्पनीको सेयर मूल्य सर्किट लेवलमा पुगेको हो ।
आज पाँचथर पावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
उक्त दिन लिवर्टी इनर्जी, शिवश्री हाइड्रोपावर ङादी ग्रुप पावपर, माउन्टेन इनर्जी, छाङ्दी हाइड्रोपावर, रिदी, बरुण, पोखरा फाइनान्स, सीईडीबी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै बढेको छ ।
यस्तै, आज उच्च दरमा सेयर मूल्य वृद्धि हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर, ग्रीन लाइफ हाइड्रोपावार, जोशी हाइड्रोपावर, ग्लोबल आइएमई लघुवित्त रहेका छन् । यी कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।
कुनको कति पुग्यो ?
वि.सं.२०७८ जेठ २७ बिहीवार १५:२४ मा प्रकाशित