कोरोनाले थलिएको उद्योग तथा पर्यटन क्षेत्रको पुरुत्थानमा बागमती सरकारको उच्च प्राथमिकता

काठमाडौं । बागमती प्रदेश सरकारले कोरोना महामारीबाट थलिएको उद्योग तथा पर्यटन क्षेत्रमा पारेको असरलाई गम्भिरता पूर्वक सम्वोधन गरेको छ ।

बिहीवार प्रस्तुत प्रदेश सरकारको आर्थिक वर्ष २०७८/८९ को नीति तथा कार्यक्रमले उद्योग तथा पर्यटन क्षेत्रको पुनरुत्थानका लागि प्राथमिकताका साथ सम्वोधन गरेको हो ।

जसका लागि प्रदेश सरकारले जहाँ प्रविधि, पुँजी र सीप, त्यहाँ युवाको हित भन्ने सोचसहित युवाहरुमा उद्यमशीलता र स्वरोजगरा विकास गर्न प्रविधि हस्तान्तरण, सहुलियत कर्जा, सीपमूलक तालिम लगायतका उद्यमी क्षमता अभिवृद्धि गर्ने कार्यक्रमलाई थप प्रभावकारी बनाउने भएको छ ।

कोरोना लगायतका कारणबाट समयभित्र नवीकरण हुन नसकेका पर्यटन व्यवसाय तथा एजेन्सी, उद्योग एवम् व्यापारिक फर्महरुलाई एक पटकका लागि नवीकरण गर्ने व्यवस्था मिलाउने प्रदेश प्रमुख विष्णुप्रासद प्रसाईले जानकारी गराउनुभयो ।

साथै कोरोनाबाट प्रभावित पर्यटन व्यवसायमा संलग्न श्रमिक तथा कामदारहरुलाई पर्यटन व्यवसायी लगायत अन्य सरोकारवालहरुसंगको सहकार्यमा राहतर सहयोग प्रदान गरिने उहाँले जानकारी गराउनुभयो ।

२०७८ जेष्ठ २७ गते १८:३२ मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद हेरफेर, थप ८ सहित २५ जना पुुगे

मन्त्रिपरिषद हेरफेर, थप ८ सहित २५ जना पुुगे

Related posts