बागमती प्रदेशको नीतिः किसानका गरा, सधैं हराभरा

काठमाडौं । बागमती प्रदेशले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा किसानका गरा, सधैं हराभरा बनाउने नीति अबलम्बन गरेको छ ।

आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ‘किसानका गरा, सधैं हराभरा हुने गरी सुख्खाटार लिफ्ट सिंचाई क्षेत्र विशेष कार्यक्रम’ लाई निरन्तरता दिने जनाएको छ ।

निर्माणाधीन तथा सम्पन्न भइसकेका सम्भाव्य भूमिगत स्यालो तथा डिप ट्युबवेल सिंचाई आयोजनाहरुमा सोलार प्रणाली जडान कायए अगाडि बढाइने योजना रहेको जनाएको छ ।

निर्माण सम्पन्न सिंचाई योजनाहरुको सालवसाली मर्मत सम्भारको निम्ति उपभोक्तालाई जिम्मेवार बनाउने नीति लिइने उल्लेख छ ।

जटिल प्रकृतिका सिंचाई योजन मर्मत सम्भारका लागि सिंचाई योजना मर्मत सम्भार कार्यक्रम लागुु गरिने भनिएको छ ।

नारायणी खगेरी सिंचाई आयोजनाको पम्प हाउस ‘ए’ को पूूर्ण रुपमा आधुनिकीकरण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जनाएको छ ।

२०७८ जेष्ठ २८ गते १३:०१ मा प्रकाशित

You can share this post!

असार ६ गतेदेखि एनआईसी एशिया र सांग्रिला बैंकले ऋणपत्र बिक्री गर्ने, कुनको कति पाइन्छ ब्याजदर ?

असार ६ गतेदेखि एनआईसी एशिया र सांग्रिला बैंकले ऋणपत्र बिक्री गर्ने, कुनको कति पाइन्छ ब्याजदर ?

Related posts