क–कसले बेच्न पाउँदैनन् सीईडीबी हाइड्रोपावरको सेयर ?

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका संस्थापक र कर्मचारीले आगामी तीन वर्षसम्म सेयर बिक्री गर्न नपाउने भएका छन् ।

शुक्रवार एक सूचना निकाल्दै कम्पनीले कर्मचारी र संस्थापक समूहको सेयर आगामी विसं २०८१ वैशाख ३० गतेसम्म लकिङ भएको जनाएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशिका बमोजिम निष्कासन गरिएको धितोपत्र बाहेक अन्य समूहको सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेर बाँडफाँड भएको मितिले तीन वर्षे अवधि पुरा नभई बिक्री गर्न नपाउने भन्ने रहेको छ ।

कम्पनीले गत वैशाख ३१ गते आईपीओ बाँडफाँट गरेको थियो ।

 

२०७८ जेष्ठ २८ गते १४:५१ मा प्रकाशित

You can share this post!

आइतबारदेखि नर्भिकको ओपीडी सेवा पूर्ण रुपमा संचालनमा आउने

आइतबारदेखि नर्भिकको ओपीडी सेवा पूर्ण रुपमा संचालनमा आउने

Related posts