शिक्षाको गुणस्तर र श्रम बजारमा दक्ष जनशक्ति निर्माण गर्न विश्व बैंकद्वारा ७ अर्ब सहयोगको घोषणा

काठमाडौं । नेपाललाई विश्व बैंकले ७ अर्ब रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर गर्न भन्दै ६० मिलियन डलर (करिब सात अर्ब रुपैयाँ) सहयोग गर्ने निर्णय गरेको छ ।

उक्त सहयोग पिछडिएको क्षेत्रका विद्यार्थीहरुलाई उच्च तथा व्यावहारिक शिक्षा, उद्यमशीलता, अनुसन्धानका लागि खर्च गर्न पाइने छ । विश्व बैंकका अनुसार उक्त सहयोग उच्च शिक्षा लिन नसक्ने, अनलाइन शिक्षा तथा विपत्तिका कारण पढाइ प्रभावित भएका विद्यार्थीहरुलाई लगानी गरिने छ ।

विश्व बैंकका निर्देशक फरिस हददका अनुसार गुणस्तरीय शिक्षामा पहुँच र विद्यार्थीलाई सहयोग पुर्याउने श्रम बजारमा माग भएका सीपहरू हासिल गर्न तथा  कोरोना रिकभरी पछिकाे शिक्षामा सहयोग पुग्ने छ ।

यो सहयोगले सरकारलाई उच्च शिक्षाको क्षेत्रलाई श्रम बजार आवश्यकताहरू, बढावा अनुसन्धान र उद्यमशीलता, शासन सुधार र गुणस्तरीय उच्च शिक्षामा पहुँच गर्न सहयोग पुर्यााउने अपेक्षा रहेको छ ।

२०७८ जेष्ठ २९ गते १२:३४ मा प्रकाशित

You can share this post!

बजारमा फेरि थपियो तीन कम्पनीको १ करोड १४ लाख कित्ता सेयर, कुनको कति ?

सेयर बजारमा ठूला लगानीकर्ताको नाममा चलखेल गर्ने गिरोहको दिन सकियो, भोलिदेखि एओएन बन्द गर्ने तयारी

Related posts