लुम्बिनी जनरल र हिमालयन जनरल इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित

काठमाडौं । दुई ओटा निर्जीबन बीमा कम्पनीको साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको १६ औं वार्षिक साधारणसभा र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २७ औ वार्षिक साधारणसभाले तोकेको लाभांश प्रस्ताव पारित गरेको हो । लुम्बिनीको ५ प्रतिशत बोनस र ५ प्रतिशत नगदसहित १० प्रतिशत लाभांश साधारणसभाले पारित गरेको छ ।

यस्तै हिमालयन जनरल इन्स्योरेन्सले प्रस्ताव गरेको ३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद (करसहित) गरी ६.७५ प्रतिशत लाभांश साभारणसभाले पारित गरेको छ । कम्पनीको सभाले प्राप्ती वा मर्जरको प्रक्रिया सुरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

२०७८ जेष्ठ ३० गते १०:२२ मा प्रकाशित

You can share this post!

सरकारको पहिलो प्राथमिकता सबै नेपालीलाई खोप : शिक्षामन्त्री श्रेष्ठ

सरकारको पहिलो प्राथमिकता सबै नेपालीलाई खोप : शिक्षामन्त्री श्रेष्ठ

Related posts