छुट्ला है आरएमडीसी लघुवित्तको ४ लाख २७ हजार कित्ता सेयर, भोलिसम्म आवेदन दिन पाइने

काठमाडौं । भोलि अर्थात सोमबार आरएमडीसी लघुवित्त वित्तीय संस्थाको लिलामी सेयर आवेदन दिने अन्तिम दिन रहेको छ ।

लघुवित्तले  एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक सेयर जेठ १६ गतेदेखि लिलामीमा ल्याएको थियो ।

उक्त सेयरको न्युनतम मूल्य ४७७ रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्दा आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

सेयर खरीदका लागि आवेदकले न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

२०७८ जेष्ठ ३० गते ११:५१ मा प्रकाशित

You can share this post!

चार कम्पनीको सेयर मूल्यमा उछाल, ९ प्रतिशतले वृद्धि हुँदा प्रतिकित्ता कुनको कति पुग्यो ?

चार कम्पनीको सेयर मूल्यमा उछाल, ९ प्रतिशतले वृद्धि हुँदा प्रतिकित्ता कुनको कति पुग्यो ?

Related posts