ठूला लगानीकर्ताको नाममा सेयर खरिद गर्दा चलखेल गर्ने गिरोहका दिन सकियो, बन्द भयो एओएन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबार (जेठ ३० गते) बाट ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) को खरिद तर्फ रहेको अल अर नन (एओएन) सुविधा हटाइएको छ ।

नेप्सेले सेयर खरिद तथा बिक्री तर्फ रहेकाे एओएन खरिद तर्फबाट हटाएको हो । तर सेयर बिक्री तर्फ भने एओएन सुविधा यथावत रहेको छ । यो सँगै सेयर बजारमा ठूला लगानीकर्ताले ब्रोकरसँगको पहुँचका आधारमा सेयर खरिदको नाममा चलखेल गर्ने काम बन्द भएको छ ।

पछिल्लो करिब ४ साता यता केही ठूला भनिएका ब्रोकरको पहुँचवाला लगानीकर्ताले ब्रोकरसँगको मिलेमतोमा सेयर खरिद गर्दा अत्याधिक चलखेल गरेको गुनासो आएपछि नेप्सेले यो निर्णय लिएको बताइएको छ ।

त्यस्ता लगानीकर्तालाई ब्रोकरले जति पनि लिमिट दिने भएकाले धेरै कित्ता सेयर खरिदको लागि अर्डर हाल्ने र बजारमा कृत्रिम अभाव सृजना गरी चलखेल गरेर सोझा लगानीकर्तालाई फसाउने काम भएको थियो । अब त्यो काम अन्त्य हुने जानकारहरुको तर्क छ । धितोपत्र बोर्डले पनि नेप्सेलाई बिहीबार एओएन बन्द गर्न निर्देशन दिएको थियो ।

२०७८ जेष्ठ ३० गते १३:४४ मा प्रकाशित

You can share this post!

मेरो माइक्रोफाइनान्सको ६० हजार कित्ता सेयरमा आवेदन दिने भोलि अन्तिम मिति, कति छ मूल्य ?

मेरो माइक्रोफाइनान्सको ६० हजार कित्ता सेयरमा आवेदन दिने भोलि अन्तिम मिति, कति छ मूल्य ?

Related posts