सेयर बजारमा ऐतिहासिक रेकर्ड, साढे १९ अर्ब बढीको कारोबार

काठमाडौं । आइतबार सेयर बजारले ऐतिहासिक रेकर्ड राखेको छ । यो दिन इन्डेक्सका साथै कारोबार रकमले नयाँ उचाइ कायम गरेको छ । आइतबार १९ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।

यो दिन नेप्से मापन गर्ने सूचक ३८.३२ अंकले बढेर परिसूचक २९८३.३२ विन्दुमा रोकिएको छ । २२० कम्पनीको १ लाख ८२ हजार ४३० कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत समूहको उपसूचकमा सुधार देखिएको छ । बैकिङ ८.०८, विकास बैंक ३८८.२४, फाइनान्स १७३.५, जलविद्युत् १८६.३ होटल एन्ड टुरिजम इन्डेक्स समूहको उपसूचक १६७.९६ अंकले बढेको छ । कारोबारमा अरुण भ्याली हाइड्रोपावरको ७२ करोड २९ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

२०७८ जेष्ठ ३० गते १५:३७ मा प्रकाशित

You can share this post!

देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टकाे शिलान्यासः दैनिक ६० मेट्रिकटन उत्पादन हुने, व्यापारघाटा घट्ने

देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टकाे शिलान्यासः दैनिक ६० मेट्रिकटन उत्पादन हुने, व्यापारघाटा घट्ने

Related posts