सहकारी हप्तामा २ दिन खोल्न पाइने, बीमा कम्पनीले २० % कर्मचारी राखेर कार्यालय खोल्न सक्ने

काडमाडौं । उपत्यकामा निषेधाज्ञा केही खुकुलो भएसँगै बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न पाउने भएका छन् ।

उपत्यका भित्रका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको निर्णय अनुसार बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न सक्नेछन् । यसअघि केन्द्रीय कार्यालय मात्रै खुल्ने गरेको थियो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार अब अहिले भने बीमा समिति तथा बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी कार्य संचालन गर्न भनिएको छ ।

यस्तै राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार सीमित संख्यामा शाखा र कर्मचारीको व्यवस्थापन गरी वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले बैंकिङ कारोबार गर्न सकिने भएको छ । यस्तै अब सहकारी संस्था हप्तामा २ दिन (आइतबार र बिहीबार) खोल्न पाइने भएको छ ।

२०७८ जेष्ठ ३० गते १८:३४ मा प्रकाशित

You can share this post!

जेष्ठ नागरिकलाई भोलीदेखी काठमाडौ महानगरभित्र पुनः खोप लगाइने (केन्द्रसहित)

जेष्ठ नागरिकलाई भोलीदेखी काठमाडौ महानगरभित्र पुनः खोप लगाइने (केन्द्रसहित)

Related posts