कर्णाली प्रदेशले विद्युत विकास कम्पनी खोल्ने, २० मेगावाटसम्मका आयोजनाको अधययन हुने

काठमाडौं । कर्णाली प्रदेशले विद्युत विकास कम्पनी खोल्ने भएको छ । आगामी आर्थिक वर्षकोे बजेटमा नै उक्त प्रस्ताव रहेको छ ।

नेपाल सरकारको सहकार्यमा २० मेगावाटसम्मका साना जलविद्युत आयोजनाहरुको सम्भाव्यता अध्ययन तथा विस्तृत डिजाइन गरी कार्यान्वयन समेत गरिने भएको छ ।

बजेटमा उल्लेख भए अनुसार भेरी बबई आयोजनाको बाँधस्थलमा बन्ने जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने छ ।

केन्द्र सरकारसँगको सहकार्यमा जनताको जलविद्युत कार्यक्रम अन्तर्गान निर्माण हुने फुकोट कर्णाली र जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजना एंव भेरी बबई बहुउद्देश्यीय आयोजनामा प्रदेश सरकारको तर्फबाट सेयर लगानी गर्ने व्यवस्था मिलाईने भएको छ ।

साथै जाजरकोट जिल्लाको ताक्सुगाड जलविद्युत आयोजना निर्माणमा सेयर लगानी गर्न समेत प्रदेशले आवश्यक बजेट विनियोजन भएको जनाएको छ । प्रदेश सरकारले उर्जा विकास एंव ग्रामीण विद्युतिकरणका लागि ४२ करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

२०७८ असार ३ गते १२:४९ मा प्रकाशित

You can share this post!

सिद्धार्थ इन्स्योरेन्सले पठाउन सुरु गर्यो सेयरधनीको बैंक खातामा नगद लाभांश

सिद्धार्थ इन्स्योरेन्सले पठाउन सुरु गर्यो सेयरधनीको बैंक खातामा नगद लाभांश

Related posts