मेलम्चीका बाढी पीडितको उद्धारका लागि काठमाडौं महानगरको दुई करोड सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि मेलम्ची नगरपालिकालाई २ करोड सहयोग गर्ने घोषणा गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गर्नुभएको हो । मेलम्ची नदीमा आएको बाढी त्यसले गरेको धन-जनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले जानकारी दिनुभयो ।

मेलम्ची नगरपालिका काठमाडौँ महानगरसँग भगिनी सम्वन्ध स्थापित नगर हो । उक्त नगरलाई यस अघि पनि नगर-नगर साझेदारी कार्यक्रम अन्तरगत महानगरपालिकाले मेलम्ची नगरपालिका-१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ रकम अनुदान दिने सम्झौता-पत्रमा हस्ताक्षर गरेको थियो ।

२०७८ असार ३ गते १४:१९ मा प्रकाशित

You can share this post!

एक सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना गर्ने महानगरको योजना

एक सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना गर्ने महानगरको योजना

Related posts