back
NMB ad

काठमाडौं महानगरले विद्युतीय सवारी करमा शत प्रतिशत छुट दिने

Kumari bank ad

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७८-२०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आवको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सवारी करमा शत प्रतिशत छुट दिइने भएको छ । साथै नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गरिने भएको छ ।

सार्वजनिक यातायात व्यवस्थापनः सार्वजनिक यातायात प्रणालीलाई सर्वसुलभ बनाई ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको पहुँच अभिबृद्धि गरिनेछ ।

सहरी आवागमनमा भौतिक दुरी कायम गरी महामारी जस्ता विपद्लाई सामना गर्न नागरिक आचारसंहिता तयार गरी लागु गर्ने नीति लिईनेछ । सार्वजनिक यातायातका ठूला सवारी साधनहरूलाई प्रोत्साहन गर्न साझा यातायात सहकारी संस्था लगायत अन्य सार्वजनिक यातायात सेवा प्रदायक संस्थाहरूसँग सहकार्य गरिने उल्ल्ेख छ ।

काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सर्वसुलभ र प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाको नेतृत्वमा एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गरिनेछ ।

माइतीघरदेखि तिनकुनेसम्म साइकल लेन निर्माण गरिने उल्लेख छ । यस्तै थापाथलीदेखि बाँसबारीसम्मको सडकमा सवारी साधन लेन, बस ले–बाई, साईकल लेन तथा फुटपाथ व्यवस्थित गर्ने कार्य सुरु गरिने भएको छ । अन्य स्थानहरूमा साइकल लेन निर्माण सम्बन्धमा संभाव्यता अध्ययन गरिनेछ ।

महानगरपालिका क्षेत्रभित्रका मुख्य चोकहरूमा आधुनिक ट्राफिट लाइट जडानका लागि सडक विभाग र महानगरीय ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यलाई निरन्तरता दिइनेछ । महानगरपालिकाको आफ्नै स्वामित्वमा रहेको टेकुको जग्गामा आधुनिक बहुतले पार्किङ्ग भवन निर्माण गर्ने कार्य यसै आर्थिक वर्षमा शुरु गरी दुई वर्षभित्र सम्पन्न गरिनेछ ।

वि.सं.२०७८ असार ३ बिहीवार १४:५५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...