काठमाडौं । साताको अन्तिम दिन बिहीबारको कारोबारमा सामान्य करेक्सन देखिएको छ । कारोबारको सुरुदेखि नै उतार चढावको बीचमा पनि बजारमा सामान्य करेक्सन मात्रै देखिएको छ ।
यो दिन नेप्से मापन गर्ने सूचक १.३० अंकले घटेर परिसूचक २९६८.४२ बिन्दुमा रोकिएको छ । यो दिन २२३ कम्पनीको २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता सेयर १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा केही समूहको उपसूचकमा गिरावट आएको छ भने केहीमा सुधार देखिएको छ । बैंकिङ समूहको उपसूचक १०.६, उत्पादन तथा प्रशोधन ११.८४, माइक्रोफाइनान्स समूहको उपसूचक ६४.७४ अंकले घटेको छ भने विकास बैंक ९४.२५, वित्त कम्पनी ३३.६६, निर्जीबन बीमा ५२.९८, जीवन बीमा समूहको उपूचक १५.०५ अंकले बढेको छ । कारोबारमा नेपाल पुनर्बीमा कम्पनीको ७७ करोड ३७ लाख ३९ हजार ७८ रुपैयाँको सेयर कारोबार भएको छ ।
वि.सं.२०७८ असार ३ बिहीवार १५:२१ मा प्रकाशित