back
NMB ad

काठमाडौँका करदातालाई छुटै छुट

Kumari bank ad

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक बर्ष २०७८-२०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाले सार्वजनिक गरेको आगामी आजको नीति तथा कार्यक्रममा काठमाडौंका करदातालाई छुटै छुट रहेको छ ।

महानगरले सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राख्ने भएको छ ।

यसका लागि वहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर वहाल रकममा १० प्रतिशत वा २५ हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइनेछ । यस कार्यका लागि निजी क्षेत्र समेत परिचालन गरिनेछ । यस्तै श्रोत परिचालनका लागि स्थानीय तहहरू तथा सार्वजनिक निकायहरूसँग सहकार्य गरी सामूहिक प्रयासको लागि संस्थागत प्रबन्ध मिलाइने भएको छ ।

महानगरपालिकालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ्ग वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइने भएको छ । कोभिड-१९ को महामारीबाट प्रभावित करदाताहरू तथा सार्वजनिक निजी साझेदारी अन्तर्गत सञ्चालित कार्यक्रमहरुलाई छुट-सहुलियत दिइनेछ ।

महानगरपालिकाले प्रवाह गर्ने सेवासँग सम्पत्ति कर, वहाल कर, व्यवसाय कर र विज्ञापन करलाई एकीकृत रुपमा आबद्ध गरी राजस्व संकलन गर्ने कार्यलाई निरन्तरता दिइनेछ । महानगरपालिकाबाट प्रवाह हुने सेवाको गुणस्तर अभिवृद्धिका लागि विषयगत सर्वेक्षण र वार्षिक सर्वेक्षण गरी नागरिकको सुझाव संकलन गरी क्रमशः कार्यान्वयन गर्दै लगिनेछ । नागरिक सर्वेक्षण २०७७ बाट प्राप्त नागरिकको सुझाव अनुसार कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिने भएको छ ।

वि.सं.२०७८ असार ३ बिहीवार १५:४२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...