back
NMB ad

अब काठमाडौंका प्रत्येक वडामा नमुना उपभोक्ता सहकारी संस्था

Kumari bank ad

काठमाडौ । काठमाडौं महानगरपालिले प्रत्येक वडामा कम्तिमा एक नमुना उपभोक्ता सहकारी संस्था स्थापना गर्ने संस्था मार्फत् बजार सञ्चालन गर्ने भएको छ । महानगरले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो नीतिले लिने बताएको छ ।

महानगरका अनुसार उपभोक्ताको गुणस्तरीय तरकारी तथा खाद्यवस्तुको उपभोग गर्ने हक सुनिश्चित गर्न यस्तो नीति लिन लागेको हो । यस्तै तरकारी खरिद बिक्रीमा एकै स्थानमा हुने भिडभाडलाई कम गर्न सडक डिभिजन कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखासँग समन्वय गरी महानगरपालिका क्षेत्रभित्रका उपयुक्त स्थानहरूमा निश्चित समयको लागि तरकारी बजार सञ्चालन गर्न प्रोत्साहन गरिने भएको छ ।

महानगरवासीलाई सर्वसुलभ ढङ्गबाट तरकारी तथा फलफुलको आपुर्ति गर्ने व्यवस्था मिलाउनका लागि जग्गा एकीकरण आयोजना क्षेत्रभित्र शीत भण्डारसहितको आधुनिक तरकारी बजारको स्थापना गरिने नीति महानगरको रहेको छ ।

यस्तै खाद्यपदार्थको गुणस्तर कायम गर्न, तरकारी तथा फलफुल बजारलाई व्यवस्थित गर्न र समग्र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्न स्थानीय बजार व्यवस्थापन सम्बन्धी मापदण्ड पनि निर्माण गरिने भएको छ भने स्थानीय समुदायलाई करेसाबारी तथा कौसीखेती गर्न प्रोत्साहन गर्ने नीति रहेको छ ।

वि.सं.२०७८ असार ३ बिहीवार १६:३३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...