back
NMB ad

दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा छुट्टै लोगो, नेपालभर आवतजावत गर्न सहज हुने

Kumari bank ad

काठमडौं । दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगोको औपचारिक रुपमा दोस्रो दिन पनि वितरण भएको छ ।

निजी डेरी उद्योगमा पहिलो पटक लोगो प्रयोग गर्नेमा हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रे भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले आज उक्त डेरीलाई लोगो प्रदान गरेको हो ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका गाडीमा अस्ति यहि असार २ गते लोगो प्रयोग गर्न आधिकारिकता प्रदान गरेको थियो । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच संस्थानलाई लोगो हस्तान्तरण गरिएको थियो ।

बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले विभिन्न उद्योगबाट लोगो प्रयोगका लागि माग भए बमोजिम प्रक्रिया पुर्याएर लोगो वितरण गर्दै जाने बताउनुभयो ।

पहिलो चरणमा संस्थानलाई लोगो प्रयोगको अनुमति दिइएको थियो भने कमशः प्रक्रिया सहित निवेदन आएपछि थप नीजि क्षेत्रका डेरी उद्योगहरुलाई मागका आधारमा लोगो हस्तान्तरण गर्दै जाने योजना रहेको कुरा बोर्डका कार्यकारी निर्देशक यादबले बताउनुभयो ।

अब लोगो अंकित गाडी निषेधाज्ञा वा अन्य आपतकानीन अवस्थामा पनि बिना अवरोध नेपालभर आवत जावत गर्न सहज हुने उहाँले बताउनुभयो ।

दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिन्ह (लोगो) प्रयोग गर्ने सम्वन्धी कार्यबिधि, २०७७ बमोजिम बोर्डमा प्राप्त भएका आवेदनका सम्बन्धमा बोर्डबाट आवश्यक परीक्षण पश्चात वोर्डको मिति २०७८ जेठ ३० को निर्णय बमोजिम दुग्ध विकास सस्थान र हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर काभ्रेका दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई प्रतीक चिन्ह(लोगो) उपलब्ध गराउने निर्णय भएको थियो ।

गत २०७७ साल चैत्र १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह लोगोको सार्वजनिक अनावरण गर्नुभएको थियो ।

नेपाल सरकारले दूध ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र यस्ता सवारी साधनलाई पहिचान खुल्ने गरी प्रतीक चिन्ह प्रदान गरिएको हुँदा प्रतीक चिन्ह अंकित सवारी साधनलाई अत्यावश्यकीय सवारी साधनको रुपमा बिना अवरोध सञ्चालनमा सहयोग गरिएमा दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम रही उपभोक्ताको गुणस्तरीय दूध तथा दुग्धजन्य पदार्थ उपभोग गर्ने हक सनुश्चित हुने विश्वास लिईएको बोर्डका कार्यकारी निर्देशक यादबले बताउनुभयो ।

कृषकहरुबाट उत्पादित दूधलाई प्रशोधन, भण्डारण तथा वजारीकरण गर्दा दूधमा पाईने सम्पूर्ण पौष्टिकतत्वहरुको संरक्षण गर्न दूधलाई चिसो तापक्रम ९४⁰ सेन्टिग्रेड कायम हुने गरी राख्नु पर्ने हुन्छ।

किसानको गोठमा उत्पादित दूधलाई सकेसम्म छिटो चिस्यान केन्द्रमा पुर्याउँदा चिस्यान कायम गर्नुपर्ने भएकाले दुधका गाडि देशभर आवात जावत गर्दा कोरोनाको निषेधाज्ञा र बन्द जस्ता कार्यक्रममा अवरोध हुने गरेको थियो ।

ढुवानीमा कुनै रोकावट भएमा दूधको तापक्रम कायम राख्न नसकिने र यसबाट दूधको गुणस्तरमा ह्रास हुने भएकाले बोर्डले लोगोको अवधारणा अगाडि सारेको हो ।

कार्यक्रममा लोगोको उपयोगिता बारे प्रष्ट पार्दै विश्वमै यस्तो खालको लोगो बनाउने नेपाल पहिलो भएको र यस्तो महत्वपूर्ण कार्य गरेकोमा बोर्डलाई धन्यवाद दिदैं एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडियाले दूध के हो र यसको महत्वको बारे प्रष्ट पारेका थिए भने कार्यवाहक सचीव डा. निर्मलले अब देशै भरी यसरी नै लोगो बितरण गर्दै जाने र यसको जानकारी सम्बन्धित सरोकारवाला, सुरक्षा निकाय लगायत आवश्यक अन्य सबै स्थानमा गराउँदै जाने बताउनुभयो ।

अति आवश्यक बस्तु ओसारपसार गर्न यसरी लोगोको प्रयोग गर्नु अति आवश्यक कुरा हो । बालकदेखि वृद्धासम्म नभइ नहुने दूध जस्तो पवित्र चिजलाई हामी सबै मिलि आवश्यक सहयोग गर्नुपर्छ र अब यो लोगोको विषयमा व्यापक प्रचारप्रसार आवश्यक रहेको कुरा मेयर खरेलले बताउनुभयो ।

नेपाल डेरी एसोसिएशनका महासचिव प्रल्हाद दाहालले बोर्डले सुरू गरेको लोगो वितरण कार्यको प्रशंसा गर्दै यसको य्रयोगमा एसोसिएसनको पुर्ण साथ रहने बताउँदै लोगोको प्रयोगलाई देशव्यापी विस्तार गर्दै ढुवानी सहज बनाउनुपर्ने बताउनुभयो ।

वि.सं.२०७८ असार ४ शुक्रवार १३:२८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...