back
NMB ad

ब्रेकिङ : करोडौं भ्रष्टाचार गरेको भन्दै सेबोनका अध्यक्ष ढुंगाना विरुद्ध अख्तियार उजुरी (उजुरीपत्र सहित)

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले १ अर्ब ३८ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अुनसन्धान आयोगमा उजुरी परेको छ ।

आयोगमा बुधबार परेको उजुरीमा असार १ गते जोखिमयुक्त कम्पनी भन्दै ५१ वटा नाम सार्वजनिक गर्दा सेयरका ठूला खेलाडिबाट ३५ करोड, बैंकका गभिनी संस्थालाई ब्रोकर लाइसेन्स रोक्न ५० वटा ब्रोकरमा प्रत्येक ब्रोकरबाट २ करोडका दरले १ अर्ब र केही समयअघि अजोड इन्स्योरेन्समा भित्री कारोबार भएको समयमा कम्पनीका अध्यक्षसँग ३ करोड घुस लिएको उजुरीमा उल्लेख छ ।

बोर्डका अध्यक्ष ढुंगानाले देखिने गरी नै १ अर्ब ३८ करोड भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी गरेको हो । उजुरी नम्बर सी-०३५०७४र२०७८–३–२ रहेको छ ।  आयोगमा परेको उजुरीमा बोर्डका अध्यक्ष ढुंगानाले अध्यक्ष पदको दुरुपयोग गरी करोडौं रुपैयाँ भ्रष्टाचार गरेको स्पष्ट आधारहरु देखिएको भन्दै छानविन गर्न निवेदनमा आग्रह गरिएको छ ।

आयोग समक्ष पेश भएको निवेदनमा नेपाल धितोपत्र बोर्डले असार १ गते सोमबार जोखिमयुक्त कम्पनी भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेको र अनुसन्धानका नाममा लगानीकर्ता तर्साएर ठुला खेलाडीहरुलाई पोस्ने बदनियतका साथ ढुंगानाले ठुला खेलाडीबाट ३५ करोड रुपैयाँ
उठाएको दाबी गरिएको छ । उक्त रकम अध्यक्ष ढुंगानाले आफ्ना ससुराली खलकका आफन्तका नाममा र केही
रकम साथीभाइका नाममा सेयर नै उठाएर कालोधनलाई सेतो बनाउने प्रयास गरेको दाबी गरिएको छ । उक्त विज्ञप्ति निकाल्नका लागि अध्यक्ष ढुंगानाले जेठ ३ गते नै विभिन्न सेयर खेलाडीहरुबाट रकम असुल गरेको दाबी निवेदनमा उल्लेख छ । जेठ ३ गतेबाट असार १ गतेसम्म उहाँका आफन्त तथा साथी भाइले किनेको सेयर विवरण हेर्ने हो भने उहाँले गरेको भ्रष्टाचार स्पष्ट रुपमा देखिने आयोगमा परेको उजुरीमा रहेको छ ।

अध्यक्ष ढुंगानाले उक्त रकम आफ्ना ससुराली खलकतिरबाट केहि सम्पत्ति जोड्नसमेत प्रयोग गरेको उजुरीमा उल्लेख छ । निवेदनमा उल्लेख भए अनुसार यो बीचमा उहाँको ससुराली खलकमा सुक्ष्म अनुसन्धान गरेको खण्डमा उहाँले गरेको भ्रष्टाचार कति छ भन्ने स्पष्ट थाहा हुने पनि उजुरीमा रहेको छ ।

बोर्डका अध्यक्ष ढुंगानाले विज्ञप्ति निकाल्नुभन्दा अगाडि आफन्तलाई सेयर बेच्न लगाएको समेत उजुरीमा दाबी गरिएको छ । उहाँका आफन्तले बेचेको सेयर विवरण र उनको कल रेकर्ड रुजु गर्ने हो भने यसको प्रमाण सजिलै भेटिने उजरीमा उल्लेख छ ।

यस्तै अध्यक्षको विरुद्ध आयोगमा परेको उजुरीमा बैंकका भगीनी संस्थाहरुलाई ब्रोकर लाइसेन्स दिनु भनेर अर्थ समितिले समेत निर्देशन दिएकोमा अध्यक्ष ढुंगानाले प्रत्येक ब्रोकरबाट २ करोड रुपैयाँका दरले १ अर्ब रुपैयाँ उठाएर त्यो निर्णय आफूले नगर्ने प्रतिबद्धता जनाएको उल्लेख छ ।

यो रकम अनाधिकृत माध्यमबाट विदेश पठाईसकेको पनि दाबी गरिएको छ । यही बीचमा उहाँले ब्रोकरहरुले लगानीकर्ताको पैसा होल्ड गरेर सो रकम खेलाई सेयर बजारबाट कमाउने र ब्रोकरहरुको सो काममा आफ्नो कुनै पनि अवरोध नहुने प्रतिबद्धतासमेत व्यक्त गरेको दाबी छ । यो बीचमा फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले केहि समस्या उत्पन्न गरे नेप्सेलाई पनि हस्तक्षेप गरी आफुले ब्रोकरका पक्षमा काम गर्ने प्रतिबद्धतासमेत जनाएको उजुरीमा उल्लेख छ ।

उहाँले केही महिना अघि काठमाडौंस्थित होटल याक एण्ड यतिमा विशेष बैठकगरी ब्रोकरका एक प्रतिनिधिमार्फत उक्त रकम लिएको उजुरीमा दाबी गरिएको छ । आयोगमा परेको उजुरीमा होटल याक एण्ड यतिको केही महिना अघिको सीसीटिभी फुटेज हेर्ने हो भने उहाँले ब्रोकरका ती प्रतिनिधिलाई भेटेको स्पष्ट देखिने उल्लेख छ । त्यस दिन ब्रोकरका प्रतिनिधिसहितको टोलीसँग उहाँले पार्टी गरी सो डिल फाइनल गरेको उल्लेख छ । यो बीचमा उहाँको कल रेकर्ड अध्ययन गर्ने हो भने उहाँको यो भ्रष्टाचार सजिलै देख्न सकिने उजुरीमा लेखिएको छ ।

यस्तै केही समय अघिमात्र धितोपत्र बोर्डले हाईड्रोइलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनी (एचआइडीसीएल)लाई हकप्रद निष्काशनको लागि अनुमति दिएको थियो । त्यसको केहि समयपछी नै उहाँले सोही कम्पनी जोखिमपूर्ण छ भनेर विज्ञप्ति निकाल्नुले त्यसमा पनि पैसाको इसारामा चलेको भन्ने पुष्टी हुने उजुरीमा रहेको छ । अध्यक्ष ढुंगानाले केही ठुला खेलाडीहरुबाट मासिक भत्ता उठाउने गरेको समेत दाबी गरिएको छ । उक्त रकम उहाँका केही साथीभाईले बुझिलिने र सेयरमा लगानी गर्ने गरेको उजुरीमा उल्लेख छ ।

धितोपत्र बोर्डको अध्यक्षबाट बाहिरिएको झन्डै ६ महिनापछी उक्त पैसाको हिसाबकिताब गर्ने गरी उहाँले आफ्ना केही साथीहरुसमक्ष सम्झौता गरेको दाबी गरिएको छ । यो सम्झौता पनि उहाँ बोर्डमा नियुक्त भएको १५ दिनको आसपासमा होटल याक एण्ड यतिमा उहाँ र उहाँका केही साथीहरुबीच डिल भएको उल्लेख छ ।

अध्यक्षले असार १ गते विज्ञप्ति निकाल्दा पनि केहि कम्पनीहरुसंग पैसा मागेको र बजारमा साह्रै कर्नरिङ गरिएको मन्जुश्री फाइनान्सको नाम सो विवरणमा नआउनु, र कारोबार नै बन्द भएको घोडीघोडा लघुवित्त वित्तीय संस्थाको नाम उक्त लिष्टमा आउनुले पनि उहाँको यो सब पैसा उठाउनका लागि गरेको भन्ने स्पष्ट हुने दाबी गरिएको छ ।

यस्तै केही समय अगाडि अजोड इन्स्योरेन्समा भित्री कारोबार गरी आर्थिक अपराध भएको भनी बोर्डमा लिखित उजुरीसमेत परेको थियो । तर उहाँले उक्त इन्स्योरेन्स कम्पनीका अध्यक्षसँग ३ करोड रुपैयाँ घुस खाएर उक्त प्रकरणलाई तुहाईदिएको र कम्पनीलाई क्लिन चिट दिने गरी काम अगाडि बढाएको उजुरीमा उल्लेख छ ।

वि.सं.२०७८ असार ६ आइतवार १८:१० मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...