भैसी र पाडा चोर प्रकाउ

सुनसरी । जिल्ला प्रहकरी कार्यालयले सुनसरीले मोटरसाइकल तथा भैसी चोरी गरी लैजादै गरेको अवस्थामा २ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

कोशी गाउँपालिका–१ बस्ने विक्रम साहको आफ्नै घरमा राखेको बा.९० प ७७९३ नम्बरको मोटरसाइकल चोरी गरी लैजादै गरेको अवस्थामा प्रहरीले प्रकाउ गरेको हो ।

प्रहरीले सोही ठाउँ बस्ने ओम प्रकाश यादवलाई सोही गाउँपालिका–८ भण्टाबारीबाट पक्राउ गरेको हो । यसैगरी सुनसरी ईनरुवा नगरपालिका–९ बविया बस्ने रामरुप खत्वेको घरबाट भैसी र पाडा चोरी गरी लैजादै गरेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका–५ टपरा बस्ने २२ वर्षीय जियाउदिन मन्सुसरीलाई प्रकाउ गरेको छ ।

मोटरसाइकल तथा भैसी चोरी भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट छुट्टाछुट्टै खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरी गरेको बताइएको छ ।

उनीहरु उपर जिल्ला अदालत सुनसरीबाट ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

२०७८ असार ७ गते १३:३० मा प्रकाशित

You can share this post!

अपडेटः २ घन्टामा ५३.८५ अंकले घट्यो बजार, ५ अर्बको कारोबार

अपडेटः २ घन्टामा ५३.८५ अंकले घट्यो बजार, ५ अर्बको कारोबार

Related posts