भरतपुर महानगरले युवालाई सहकारी संस्था, बैंक मार्फत लिएको ऋणमा शतप्रतिशतसम्म अनुदान

काठमाडौं । भरतपुर महानगरपालिकाले युवाहरूलाई सहकारी संस्था वा बैंकमार्फत लिने ३ लाख र ५ लाख रुपैयाँ सम्मको ऋणमा ब्याज अनुदान दिने भएको छ ।

महानगरपालिकाले आर्थिक वर्ष २०७८-७९ को बजेटमा सहकारी संस्थाहरूलाई समुदायस्तरमा प्रवर्द्धन गरी युवा स्वरोजगार कार्यक्रम सञ्चालन, युवाहरूलाई सहकारी संस्था वा बैंकमार्फत लिने ३ लाख र ५ लाख रुपैयाँसम्मको ऋणमा ३ वर्षसम्मको लागि क्रमशः शतप्रतिशत र ८० प्रतिशत ब्याज अनुदान दिने उल्लेख गरेको छ ।

विदेशबाट आर्जन गरेको सीप उपयोग गरी रोजगारी पैदा गर्ने खालका कृषि लगायतका साना उद्यम गर्न चाहने युवाहरुलाई अनुदान लगायतका कार्यक्रम कार्यान्वयन गर्नको लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

२०७८ असार ११ गते १०:३७ मा प्रकाशित

You can share this post!

एनआईसी एशियाको जिङ्गलमा 'टिकटक भिडियो च्यालेन्ज', यस्तो छ आकर्षक उपहार जित्ने मौका

आज कति छ सुनचाँदीको मूल्य ?

Related posts