back
NMB ad

करिब साढे १४ अर्बको मकै आयात ! कुन देशबाट कति ल्याइयो ?

Kumari bank ad

काठमाडौं । कृषि प्रधान देश नेपालबाट वर्षेनि मकै आयातमा नै अरबौं रुपैयाँ बाहिरिन्छ भन्दा पत्याउन गाह्रो हुनसक्छ । तर त्यो सत्य हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा १४ अर्ब बढीको मकै आयात भएको देखिएको छ । जेठ मसान्तसम्म १४ अर्ब ३९ करोड ९९ लाख ९ हजार रुपैयाँको ५ लाख ३७ हजार ९१३ मेट्रिक टन मकै आयात भएको विभागले जनाएको छ । नेपालमा विश्वका एक दर्जन बढी देशहरुबाट मकै आयात हुने गरेको छ ।

नेपालमा छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी मकै आयात भएको छ । चालु आवको ११ महिनासम्ममा उक्त देशबाट १३ अर्ब ६८ करोड ८६ लाख ८३ हजार रुपैयाँ बराबरको मकै आयात भएको विभागले जनाएको छ । भारतबाट जेठमसान्तसम्म ५ लाख २८ हजार ६९७ मेट्रिक टन मकै आयात भएको हो ।

उक्त अवधिमा अर्जेन्टिनाबाट ५१ करोड ३७ लाख २९ हजार रुपैयाँ बराबरको ६ हजार ५६९ मेट्रिक टन, ब्राजिलबाट ११ करोड ५६ लाख ३२ हजार रुपैयाँ बराबरको १ हजार ५८० मेट्रिक टन, साउथ अफ्रिकाबाट ५ करोड ९१ लाख ९५ हजार रुपैयाँ बराबरको ७९० मेट्रिक टन, अमेरिकाबाट २ करोड १७ लाख ३६ हजार रुपैयाँ बराबरको २७६ मेट्रिक टन मकै आयात भएको छ ।

यस्तै, थाइल्याण्डबाट ३ लाख १५ हजार रुपैयाँ बराबरको ९० केजी, जिम्बाववे १३ हजार रुपैयाँ, नाइजेरिया ३ हजार रुपैयाँ बराबरको मकै आयात भएको छ । त्यसैगरी नेपालमा मलेशिया, स्वीटजरल्याण्ड, चीन अफ्गानिस्थान लगायतका मुलुकबाट मकै आयात भएको छ । मकै आयातबाट सरकारले ७५ करोड ६४ लाख ११ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

वि.सं.२०७८ असार १५ मंगलवार १४:१२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...