प्राधिकरणले जारी गर्यो अन्तर्राष्ट्रिय हवाई यात्रुको लागि मापदण्ड

काठमाडौं । नागरिक उडड्यन प्राधिकरणले अन्तर्राष्ट्रिय हवाई यात्रुको लागि मापदण्ड तयार पारेको छ ।

प्राधिकरणले बनाएको मापदण्डमा यात्रा अवधिको लागि कोरोना परिक्षण गरेको रिपोर्ट नेगेटिभ चाहिने छ । कोरोना परिक्षणको लागि स्वाब संकलन गरेको ७२ घन्टा भित्र डिपार्चर गर्नुपर्ने छ ।

विदेशबाट नेपाल आएका यात्रुले प्राधिकरणले तोकेको होटलमा ७ दिन क्यारेन्टिमा बस्नुपर्ने छ । विदेशबाट नेपालमा भ्रमणको लागि आएको यात्रुले पनि तोकेको मापदण्ड पालना गर्नुपर्ने छ । यस्तै कोरोना विरुद्धको खोप लगाएको कार्ड पनि साथमा हुनुपर्ने छ ।

२०७८ असार १५ गते १७:१९ मा प्रकाशित

You can share this post!

कोरोना अपडेट : थपिए १ हजार ७२८ संक्रमित, ४ हजार ३४८ निको, २० को मृत्यू

कृषि विकास बैंकले जारी गर्यो क्रेडिट कार्ड, अधिकतम सिमा १० लाखसम्म

Related posts