back
NMB ad

झनै चर्कियो एनसेलका कर्मचारीको आन्दोलन, श्रम कार्यालयदेखि र प्राधिरकणसम्म पुगे (फोटो फिचर)

Kumari bank ad

काठमाडौं । नीजि क्षेत्रको ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनीले एनसेलका कर्मचारीले गरेको आन्दोलन सहतमा देखिएको छ ।

एनसेल कर्मचारी ट्रेड यूनियनले १९ गतेदेखि सुरु गरेको आन्दोलनको बोधार्थ श्रम तथा रोजगार कार्यालय टेकु र दुरसञ्चार प्राधिकरण जमललाई समेत गराएका छन् ।

कम्पनिले मानसिक यातना दिएको, कोरोना विरुद्धको खोपमा विभेद गरेको लगायत आरोप लगाएका छन् । कम्पनिले युनियनकै अध्यक्षलाई धम्कीपूर्ण पत्र लेख्ने र कर्मचारीहरूलाई निकाल्ने तथा सुरुवा गर्ने गरेकाले आफूहरू बाध्य भएर विरोधमा उत्रिनु परेको कम्पनीका एक कर्मचारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यति ठूलो कम्पनिले हामीलाई अन्याय गर्यो । पहिला पनि चार जना कर्मचारीलाई कारवाही गर्यो । अहिले विधि प्रक्रियाको नाममा कर्मचारीलाई सरुवा गरियो । युनियनकै अध्यक्षलाई धम्कीपूर्ण पत्र लेखियो, हरेक दुई–दुई बर्षमा हुने सामुहिक सौदावाजीमा पेश भएका जायजम माग पनि सम्बोधन भएनन् । त्यही भएर विरोध गरेका हौं ।’

एनसेलको मुख्यालयमा कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका कर्मचारीहरूले डेभलपमेन्ट पोष्टिङका नाममा हुने गरिएको सरुवा बन्द गर्न र कर्मचारीमाथिको अन्यायपूर्ण कारवाही फिर्ता गर्न माग गरेका छन् । आन्दोलनरत कर्मचारीहरुको ट्रेड यूनियनले प्राधिकरणलाई पत्र लेख्दै एनसेल कर्मचारी ट्रेड युनियन एनसेल आजियाटामा रहेका कर्मचारीहरु शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु वाध्य भएर सूचारू गरेको जनाएको छ ।

एनसेल व्यवस्थापनले सामुहिक सौदाबाजी कोरोना महामारिको दौरानमा कर्मचारीहरुलाई बर्खास्त गर्ने, बलपूर्वक सरूवा गर्ने,
गैरकानूनी तबरमा चेताबनी दिने र सामुहिक सौदाबाजीका बिबादलाई समाधान नगर्ने कर्मचारीहरुमा त्रास र भयको वातावरण सिर्जना गर्न विभिन्न गतिविधिहरु संचालन गरेको जानकारी गराएको छ ।

अहिले बन्दाबन्दि खुकुलो भएको सार्वजनिक यातायात सहज सूचारू र सरकारी तथा गैर सरकारी कार्यालयहरु पनि पूर्णरूपमा खुलिसकेको अवस्थामा एनसेल जस्तो अत्यावश्यक सेवा प्रदायक संस्थाले आफ्ना कार्यालयहरु बन्द गरेको र कर्मचारीहरुलाई कार्यालय नआउन उर्दी जारी गरि कार्यालय समय भन्दा पछिको समयमा र बिदाका दिनमा समेत काममा लगाई मानसिक तनाब तथा यातना दिने काम पत्रमा उल्लेख छ ।

अत्यावश्यक सेवा प्रदायक संस्थामा काम गर्ने कर्मचारीहरुलाई सरकारले खोपलाई प्राथमिकता दिएको भएपनि एनसेल
व्यवस्थापनले सो को व्यवस्थापन नगरेको र सिमित खोफहरु मगाई भेदभाब पूर्ण तबरले केही कर्मचारीलाई मात्र लगाएको जानकारी गराइएको छ । यूनियनले खोपको लागि सम्बन्धित सरकारी निकायमा पहल गर्न आग्रह गरेको छ ।

साथै युनियले श्रम कार्यालयलाई पत्र लेख्दै ट्रेड युनियनका सदस्यलाई माहामारीको दौरानमा एकतर्फी कानुन बिपरित बर्खास्त गरेको जानकारी गराएका छन् । कर्मचारीले काम गरेर खान पाउने अधिकार र मानब धर्म बिपरित महामारीको समयमा कर्मचारीको बर्खास्ती बलपूर्वक सरुवा, कानुन र सामुहिक सौदाबाजीको उल्लंघन तथा ट्रेड युनियन पदाधिकारी तथा सामुहिक सौदाबाजी समितिका सदस्यहरुलाई औपचारिक रुपमा गैरकानुनी तवरमा चेतावनी दिने कार्य गरेको भएको जानकारी गराएका छन् ।

यूनियले सरकारले तोकेको स्वास्थ्य सम्बन्धि सुरक्षाका मापदण्डहरू पूर्णरूपमा पालना गरी अत्यावश्यक सेवा प्रदानमा बाधा नपुर्याई असार १९ गतेदेखि देखि शान्तिपूर्ण तथा संघर्षका कार्यक्रम गरेको जानकारी गराएका छन् ।

वि.सं.२०७८ असार २३ बुधवार १५:२१ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...