मोबाइल सेटको आईएमईआई नम्बर दर्ता गर्न दूरसञ्चार प्रधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल प्रयोगकर्ताको मोबाइल डिभाइसमा भएको आईएमईआई नम्बर दर्ता गर्न आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

प्राधिकरणद्वारा जारी सूचनामा नेपालमा मोबाइल सेटको गैरकानुनी रुपमा आयात, बिक्री वितरण तथा प्रयोग भइरहेको भन्दै त्यसलाई व्यवस्थीत गर्नको लागि आईएमईआई नम्बर दर्ता गर्न लागिएको हो ।

अब नेपालमा कुनै पनि देशबाट मोबाइल आयात गर्नु पूर्व अनिवार्य रुपमा प्राधिकरणबाट स्तर स्वीकृत गर्नुपर्ने र आईएमईआई नम्बर दर्ता गर्नुपर्ने छ । प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्ने गरी कार्य तिब्र रुपमा अघि बढेको जनाएको छ ।

व्यवसायिक हिसाबले नियमअनुसार आयात भइ नेपालमा नै खरिद गरेको मोबाइल सेटको हकमा ग्राहकले हाल पुनः आईएमईआई दर्ता गर्नु पर्दैन ।

२०७८ असार २४ गते ११:५९ मा प्रकाशित

You can share this post!

एनआइबिएल सहभागिता फण्ड तेस्रो वर्षमा प्रवेश

एनआइबिएल सहभागिता फण्ड तेस्रो वर्षमा प्रवेश

Related posts