नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्तले असार ३० गतेदेखि एकीकृत कारोबार

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ ।

नेशनल माइक्रोफाइनान्स लघुवित्तले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति(एक्विजिशन) गरे पश्चात नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्न लागेको हो ।

दुवै संस्थाहरुको जेठ २५ गते बसेको छुट्टाछुट्टै साधारणसभाबाट प्राप्ति सम्वन्धी प्रस्ताव पारित गरेको थिए । राष्ट्र बैंकको असार १५ गतेको पत्रबाट वित्तीय संस्था प्राप्ति गर्न अन्तिम स्वीकृत, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार २४ गते स्वीकृत पाएका थिए । प्राप्ति पश्चात कम्पनीको रजिष्टर्ड कार्यालय धादिङ जिल्ला वडा नं. ३ पुछारबजारमा रहने बताइएको छ ।

एकीकृत कारोबारका लागि दुवै कम्पनीको विवरणलाई एउटै सफ्टवेयर बाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनु पर्ने भएकाले असार २९ गते (एक दिन) महिला सहयात्रा लघुवित्तको सम्पूर्ण कारोबार बन्द रहने कम्पनीले जनाएको छ ।

२०७८ असार २५ गते ११:०७ मा प्रकाशित

You can share this post!

मौद्रिक नीतिमा सेजनको ३५ बुँदे सुझाव : उद्योगी व्यवसायी, सर्वसाधारणको आत्मविश्वास बढाउने नीति ल्याएछौंः गभर्नर अधिकारी

मौद्रिक नीतिमा सेजनको ३५ बुँदे सुझाव : उद्योगी व्यवसायी, सर्वसाधारणको आत्मविश्वास बढाउने नीति ल्याएछौंः गभर्नर अधिकारी

Related posts