मेरो माइक्रोफाइनान्सको ५६ हजार ८३८ कित्ता सेयर आजदेखि लिलामीमा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयर आजदेखि लिलामी आएको छ ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ५६ हजार ८३८ कित्ता संस्थापक कम्पनीले आजदेखि लिलामीमा बिक्री गर्न लागेको हो ।

प्रतिकित्ता न्यूनतम मूल्य ५३४ रुपैयाँ तोकिएको उक्त सेयरमा असार ३१ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

उक्त सेयर खरिदका लागि तोकिएको न्यूनतम मूल्य भन्दा बढी अंकित गरि आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्ने छ भने अधिकतम सम्पूर्ण कित्ताका लागि दिन सकिने कम्पनीले जनाएको छ ।

बिक्री प्रबन्धकमा एनआईसी एयिशा क्यापिटल लिमिटेड रहेको छ ।

२०७८ असार २७ गते १२:५५ मा प्रकाशित

You can share this post!

आधा दर्जन बढी कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

आधा दर्जन बढी कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

Related posts