तेह्रथुम पावरले साउन ५ गतेदेखि ४० करोडको आईपीओ निष्काशन गर्ने

काठमाडौं । तेह्रथुम पावर कम्पनीले साउन ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित जिल्ला बासिन्दाहरुका लागि ४० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीलाई ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशनका लागि असार १० गते बोर्डले अनुमति दिएको थियो ।

उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बन्द मिति छिटोमा साउन १९ गते रहेको छ भने सो अवधिभित्र पूर्ण आवेदन नपरेमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

२०७८ असार २८ गते ११:५० मा प्रकाशित

You can share this post!

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ छ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ छ कारोबार ?

Related posts