भोलि वार्षिक साधारणसभा गर्दै आँधीखोला लघुवित्त

काठमाडौं । भोलि अर्थात असार ३१ गते आँधीखोला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ ।

सभाले यस कम्पनी र अन्य कुनै पनि लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने भएमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभा प्रयोजनको असार १५ गतेदेखि ३१ गतेसम्म बुक क्लोज रहनेछ । आँधिखोलाले लाभांशको प्रस्ताव गरेको छैन ।

हाल कम्पनीको सेयर धौलागिरी लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रियामा रहेकाले २०७६ पुस २ गतेबाट सेयर कारोबार रोक्का रहेको छ ।

२०७८ असार ३० गते १३:४३ मा प्रकाशित

You can share this post!

निर्धन उत्थान लघुवित्तको बोनस सेयर हितग्राही खातामा जम्मा

निर्धन उत्थान लघुवित्तको बोनस सेयर हितग्राही खातामा जम्मा

Related posts