back
NMB ad

अटोमोवाइल क्षेत्रलाई खोपको व्यवस्था गर्न नाडाको माग, सरकारबाट आवश्यक सहयोग प्राप्त हुने अर्थमन्त्री शर्माको आश्वासन

Kumari bank ad

काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्माले अटोमोबाइल उद्योग स्थापना गर्न नाडालाई अग्राह गर्नुभएको छ । बिहीवार नव नियुक्त अर्थमन्त्री शर्मा र नाडाका अध्यक्ष सहितको प्रनिनिधि मण्डबीचका छलफलमा यस्तो बताउनुभएको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ५ सदस्यीय प्रतिनिधि मण्डलबीच अटोमोबाइल व्यवसायकका समसमायिक विषयहरुमा छलफल भएको थियो ।

उक्त छलफलमा मन्त्री शर्माले अटोमोबाइल क्षेत्रलाई अघि बढाउन सरकारबाट आवश्यक सहयोग प्राप्त हुने आश्वासन समेत दिनुभयो ।

उहाँले नेपालको अटोमोबाइल क्षेत्रमा के कस्ता समस्याहरु छन् ती सवै एकैसाथ उल्लेख गरेर पठाउन समेत नाडाका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो । साथै सरकारले सबै नेपाली जनतालाई नै सर्वशुलभ रुपमा खोप उपलब्ध गराउन जानकारी गराउनुभयो ।

उक्त छलफलमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दे आएको भन्दै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु बारे आफनो धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष दुलालले अटोमोवाइलक्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरहरुका लागि छिटो कोभिड विरुद्धको खोपको व्यवस्था गरि दिन आग्रह गर्नुभयो ।

नेपालमा स्थानीय उत्पादित अटोमोवाइल स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु बढी आयात भइरहेको सन्दर्भमा उच्च गुणस्तरका स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गर्नुभयो । त्यसैगरी सो छलफलमा अध्यक्ष दुलालले आउदो मौद्रिक नीति अटोमोवाइल व्यवसायी मैत्री आउने आशा व्यक्त गर्नुभयो ।

सोही अवसमरा नाडाका उपाध्यक्ष करण चौधरीले बढदो क्रममा रहेको सवारी साधनहरुको आयात नेपाल राष्ट्र बैङ्कले सवारी साधनहरुको बिक्रिमा लगाएको ५० प्रतिशतको क्यापको कारण आर्थिक बर्ष २०७३/७४ देखि नै सवारी साधनहरुको आयात क्रमशः घटन थालेको जानकारी दिनुभयो । त्यसैगरी नेपालको सार्वजनिक यातायात राम्रोसंग चल्न नसकेको सडकको अवस्था पनि राम्रो नरहेको बताउनुभयो ।

छलफलमा महासचिव सुनिल रिजालले आयात गरिने विल कम्प्युटराइज्ड गरिएको खण्डमा अनधिकृत आयातलाई रोक्न सहज हुने बताउनुभयो ।

वि.सं.२०७८ असार ३१ बिहीवार १८:४८ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...