back
NMB ad

महासंघका उपाध्यक्ष संघाईको कम्पनीले कोरोनाको नाममा भ्रामक सूचना फैलाएको स्वास्थ्य मन्त्रालयको दाबी, कोरोना गार्ड प्रयोग नगर्न आग्रह

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघाइको त्रिवेणी व्यापार कम्पनीले बिक्री गरेको ‘कोरोनागार्ड’ प्रयोग नगर्न सरकारले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्पनीलाई यस्तो भ्रमक र तथ्यविहीन सूचना नफैलाउन समेत निर्देशन दिएको छ ।

मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गरेर कोरोनालाई नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने भन्दै बिक्रीमा ल्याईएका विद्युतीय यन्त्रहरु नकिन्न आग्रह गरेको छ । केन्द्रले विज्ञापन गरिए जस्तो यस्तो यन्त्रले कोरोना भाइरसलाई निस्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रमक र तथ्यविहीन भएको उल्लेख गरेको छ ।

अहिलेसम्म कोरोनालाई यसरी नियन्त्रण गने कुनै पनि प्रविधिको विकास नभएको केन्द्रको दाबी छ । कोरोनाबाट बच्ने वैज्ञानिक उपाय भनेको खोप लगाउने, मास्कको सँधै प्रयोग गर्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुको पालना गर्ने रहेको केन्द्रको भनाई छ । बजारमा चलिरहेको हल्लाको पछि नलाग्न समेत सबैलाई आग्रह गरिएको छ ।

त्रिवेणी व्यापार कम्पनीले बिहीबार सञ्चार माध्यममा कोरोनागार्डले एक हजार स्वायर वर्ग फिट क्षेत्रफलसम्म आफ्नो प्रभावकारिता प्रस्तुत गर्ने, यसको जडान गर्दा मास्क लगाउनु नपर्ने, दैनिक कार्य सहजै गर्न सकिने, स्वास प्रस्वासबाट फैलिने कोरोना भाइरस तुरुन्त निस्क्रिय भई सो क्षेत्रफल भित्र उपस्थित रहेका सम्पूर्ण जीवजन्तुहरु भाइरसको प्रकोपबाट मुक्त रहने भ्रमपूर्ण सूचना प्रकाशित गरेको थियो ।

कम्पनीले कोरोना गार्ड कुनै पनि भाइरसलाई नियन्त्रण र निस्प्रभावी बनाउन सक्षम रहेको दाबी गरेको छ । यसले मानिस र घरपालुवा जनावरमा पनि आफ्नो प्रभावकारित देखाउने सूचनामा उल्लेख छ ।

वि.सं.२०७८ असार ३१ बिहीवार १९:२८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...