विभिन्न पदका लागि यति धेरै संख्यामा खुल्यो सरकारी जागिर, कहिलेसम्म भर्ने आवेदन ?

काठमाडौं । काठमाडौं उपत्यका खानेपानीले विभिन्न पद तथा सेवा समूहका लागि कर्मचारी माग गरेको छ ।

एक सूचना निकाल्दै कम्पनीले आन्तरिक प्रतियोगिता, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले उप प्रबन्धक (नवौँ तह) देखि बरिष्ठ ल्याव टेक्निसियन(पाँचौ तह) सम्म पदका लागि कर्मचारी माग गरेको छ ।इच्छुक योग्य नेपाली नागरिकले तोकिएको आवश्यक कागजातसहित दरखास्त दिन सक्नेछन् ।

दरखास्त आजैका मितिले २१ दिनभित्र कम्पनीको मुख्य कार्यालय, त्रिपुरेश्वरस्थित मानव विकास शाखामा बुझाउन सकिने सूचनामा उल्लेख छ । यद्यपि, दरखास्त दिने अन्तिम मितिपछि ७ दिनसम्म दोब्बर दस्तुर तिरी आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना :

२०७८ साउन १ गते १४:०९ मा प्रकाशित

You can share this post!

सेयर बजारप्रति अर्थमन्त्रीको चासोः बजारका समस्या समाधान गर्दै सर्वसाधारणको हितमा काम गर्ने प्रतिबद्धता

सेयर बजारप्रति अर्थमन्त्रीको चासोः बजारका समस्या समाधान गर्दै सर्वसाधारणको हितमा काम गर्ने प्रतिबद्धता

Related posts