कसुवा खोला हाइड्रोपावरको साधारणसभा साउन १८ गते, बुक क्लोज कहिले ?

काठमाडौं । कसुवा खोला हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ । कम्पनीले साउन २२ गते शुक्रवारका लागि साधारणसभा आह्वान गरेको हो ।

असार ३१ गते बसेको संचालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो । सभाले प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

नियमक निकायहरुको निर्देशनमा प्रवन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरु परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा संचालक समितिलाई अख्तियारी दिने छ ।

साथै सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल र पारित, लेखा परीक्षकको प्रतिवेदनसहित आव २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरि पारित गर्ने, लेखा परीक्षा नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

सभा प्रयोजनका लागि कम्पनीले साउन १८ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण साउन १७ गतेसम्म कायम रहेका सेयरधनीहरुले सभामा भाग लिन सक्नेछन् ।

२०७८ साउन १ गते १४:४८ मा प्रकाशित

You can share this post!

साउन ३ गतेसम्म प्राइम लाइफ इन्स्योरेन्सको सम्पूर्ण सेवाहरु बन्द

साउन ३ गतेसम्म प्राइम लाइफ इन्स्योरेन्सको सम्पूर्ण सेवाहरु बन्द

Related posts