back
NMB ad

अब साढे २८ लाखमा द अल न्यू रेनो काइगर, आजैदेखि बुकिंग खुल्ला

Kumari bank ad

काठमाडौं । डिस्रप्टिभ इनोभेसनको आफ्नो वचनलाई अगाडि बढाउँदै रेनो नेपालले आज द अल–न्यू काइगरको मूल्य निर्धारण गरेको छ । रेनोले काइगरको मूल्य नेपाली २८ लाख ४९ हजार रुपैयाँ (सम्पूर्ण नेपालको एक्स शोरुमहरु)मा घोषणा गरेको हो ।

उत्कृष्ट मूल्य निर्धारणको साथ, रेनो काइगरले निश्चित रुपले कम्प्याक्ट एसयुभी सेग्मेन्टमा गतिशिलता परिवर्तन गर्ने निश्चित रहेको छ ।

रेनो काइगरको लागि बुकिंगहरु आज देखि देशभरका १५ वटा सेल्स आउटलेटको एक्सटेन्सिभ डिलरसिप नेटवर्कहरुबाट सुरु हुँदैछ ।

रेनो इन्डिया अपरेशनका कन्ट्री सीईओ र प्रबन्ध निर्देशक भेन्कट्राम ममिलापल्ले भन्नुभयो  – “रेनो काइगर आधुनिक एसयूभी हो जुन बजारका लागि पर्फेक्ट फिट हो । यसले हाम्रो इनोभेसन, क्रियटीभिटि  कस्टोमर अन्डरस्ट्यान्डिंग र सबै भन्दा माथि हामो ध्यानलाई गाडीहरु बनाउनमा एक बेजोड मूल्यको प्रस्ताव गर्न केन्द्रित गराउँदछ । रेनो काइगरमा विशिष्ट एसयूभीको लुक छ र यसको लामो व्हीलबेसले बोर्डमा ठूलो ठाउँ र मात्रा ओगट्न मद्दत पुर्याउँछ । धेरै स्मार्ट गुणहरु सहितलोड रहेको काइगरले हाम्रो एसयुभीको लिगेसीलाई सुदृढ पार्नेछ र यसको लन्चको साथ हामी रेनो परिवारमा अधिक ग्राहकहरुलाई स्वागत गर्न तत्पर छौँ । ”


यस्तै, विशाल ग्रुपका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भन्नुभयो, “नेपालमा रेनो काइगर सबैभन्दा बढी मागका साथ धेरै प्रतिक्षा गरिएको गाडी हो । हामी हाम्रा ग्राहकहरुलाई रेनो काइगरको आगमन बारे सूचित गर्न पाँउदा निकै खुसी छौँ । हामी रेनोकाइगरको स्टनिंग डिजाइन र आधुनिक संगै स्मार्ट सुविधाहरुले आफ्ना अपेक्षाहरु पूरा गर्नेछ भन्ने कुरामा आशावादी छौँ । ग्राहकहरुको विस्तृत सेटको बढ्दो एसयूभीको आकांक्षा पूरा गर्ने दृष्टिकोणको साथ हामीले रेनो काइगर आकर्षक मूल्यको रहेको कुरा सुनिश्चित गरेका छौँ र हामी यस न्यू गेम चेन्जरको साथ हाम्रो एसयूभीको लिगेसी सुदृढ पार्न लागि पार्नेछौँ । ”

रेनो काइगरले आफैलाई एक स्टनिंग, स्मार्ट र स्पोर्टी बी–एसयूभीको रुपमा स्थापित गरेको छ । स्टनिंग डिजाइन स्पोर्टी र मस्कुलर एलिमेन्टहरु द्वारा उदाहरणको रुपमा छ जसले रेनो काइगरलाई एक सही एसयुभीको रुपमा खडा गरेको छ ।

रेनो काइगरमा स्मार्ट केबिनले प्रविधि, कार्यक्षमता र रुमिनेशको संयोजन रहेको छ । उच्च प्रदर्शनको साथसाथै यसमा स्पोर्टी ड्राइभ रहेको छ जसमा मल्टि सेन्स ड्राइभ मोडहरु रहेको छ । यसले ग्राहकहरुलाई ड्राइभिंग प्राथमिकताहरुमा फ्लेग्जेबिलिटी प्रदान गर्दछ ।

रेनो काइगरलाई एमटी र एएमटीको दुईवटा विकल्पहरुमा १.० एल इनर्जीमा प्रदान गरिनेछ । ग्राहकहरुले चारवटा उपलब्ध रहेको ट्रिमहरु–आरएक्सई, आरएक्सएल, आरएक्सटी र आरएक्सजेड बाट छनोट गर्न सक्नेछन् ।

प्रत्येक संस्करण सेग्मेन्टमा ग्राहकको माग र आवश्यकताहरुलाई ध्यानमा राखी बनाइएको हो र सबै ट्रिमहरुमा यसको आकर्षक मूल्य राखिएको छ । ग्राहकहरुको हरेक स्तरमा एक मूल्यवान लाभ छ जुन स्टाइलिश डुअल टोन संयोजनको लागि विकल्पको रुपमा रहेको छ ।

रेनो काइगरको दुई अगाडिको सीट र दुई पछाडिको सिटमा तीन–पोइन्ट सिटबेल्ट लगाइएको छ भने रियर मिडल प्यासेन्जर सिटमा दुई–पोइन्ट सिटबेल्टको सुविधा रहेको छ । रेनो काइगरमा दुई साइड एयरब्याग संगै ड्राइभर र फ्रन्ट–सिट यात्रीको लागि दुई अगाडी एयर ब्यागहरूको साथ आउँदछ। दुबै अगाडि सिटहरूको सुरक्षाको लागि सीट बेल्ट रिमाइन्डर चेतावनीकोे सुविधा रहेको छ ।

एक्सेसिसरिज र पर्शनलाइजेशन फ्रन्टमा ग्राहकहरुले विशेष क्युरेट गरिएको एक्सेसरी प्याकहरुको स्मार्ट रेन्जबाट छनोट गर्न सक्दछन् जसले काइगर गाडीलाई अर्को तहमा लैजान मद्दत पुर्याउँछ ।

त्यहाँ पाँच वटा एक्सक्लुसिभ पर्शनलाइजेशन प्याकहरु–एसयुभी, एट्राक्टिभ, एसेन्सियल, स्मार्ट, स्मार्ट प्लस रहेका छन् जुन टेक एक्सेसरिज सहित एक वायरलेस चार्जर र एयर प्युरिफायरका साथ उपलब्ध रहेको छ ।

वि.सं.२०७८ साउन १ शुक्रवार १५:१६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...