back
NMB ad

महामारीका बीच भक्तपुरमा ४ अर्ब ४५ करोड राजस्व असुली

Kumari bank ad

भक्तपुर । कोभिड–१९ को महामारीकाबीच आन्तरिक राजश्व कार्यालय भक्तपुरले अपनाएको प्रभावकारी कार्यशैलीका कारण लक्ष्यभन्दा धेरै राजस्व असुली गरेको छ । कार्यालयले यो वर्ष लक्ष्यभन्दा ६.७ प्रतिशत धेरै राजस्व असुली गरेको हो ।

कार्यालयले आर्थिक वर्ष ०७७/७८ मा ४ अर्ब ४५ करोड ८२ लाख ७६ हजार रुपैयाँ कर रकम असुली गरेको छ । कार्यालयले यस वर्ष ४ अर्ब १७ करोड ८२ लाख रुपैयाँ कर असुली हुने लक्ष्य निर्धारण गरिएको थियो ।

यो वर्ष लक्ष्यभन्दा ६.७ प्रतिशत धेरै राजस्व असुली भएको कार्यालयका प्रमुख कर अधिकृत गगनबहादुर बिकेले बताउनुभयो । उहाँका अनुसार यो वर्ष अघिल्लो वर्षको भन्दा एक अर्ब सात करोड बढी राजस्व संकलन भएको छ ।

राजस्वको शीर्षकगत रुपमा यसवर्ष प्राइभेट लिमिटेड कम्पनीहरुबाट ३७ करोड ७४ लाख ३७ हजार रुपैयाँ संकलन भएको छ । यो गतवर्षको तुलनामा ९४ प्रतिशतले बढी हो । कुल संस्थागत आयकरतर्फ ८४ प्रतिशत वृद्धि भएको छ ।

कुल व्यक्तिगत आयकरतर्फ पनि ४५ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ । यस्तै, पुँजीगत लाभकर शीर्षकबाट पनि ८० प्रतिशतभन्दा बढी राजस्व संकलन भएको छ ।

मूल्यअभिवृद्धि करतर्फ एक अर्ब ४५ करोड ९७ लाख राजस्व संकलन भएको छ । यो रकम गत वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । त्यसैगरि अन्तशुल्क पनि १२ प्रतिशतले बढेको छ ।

कार्यालयका प्रमुख कर अधिकृत बिकेले कर असुलीमा अपनाइएको नीतिका कारण महामारीकाबीच लक्ष्य हासिल भएको बतताउनुभयो । ‘हामीले नियमित रुपमा व्यवसायबाट आउनुपर्ने करको रकम असुलीमा कडाई गरेका थियौँ । त्यस्तै, करदाताहरुसँग रहेको बक्यौता कर रकम असुलीका लागि पनि कडाई ग¥यौँ । जसले गर्दा लक्ष्य हासिल गर्न सहज भएको हो,’ उहाँले भन्नुभयो ।

वि.सं.२०७८ साउन ४ सोमवार १०:०४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...