सन नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा साउन २५ गते, के–के छन् एजेण्डाहरु ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साधारणसभाका लागि मिति तय गरेको छ । कम्पनीले साउन २५ गते सोमबार तेस्रो वार्षिक साधारणसभा गर्ने भएको हो ।

आइतबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार कोरोना महामारी जोखिमका कारण उक्त सभा भर्चुवल माध्यामबाट गर्ने भएको कम्पनीले जनाएको छ ।

सभाले आईपीओ निष्काशन सम्वन्धी छलफल गर्ने बताईएको छ । साथै आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित, लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा/नोक्सान हिसाव, नगद प्रवाह वितरण लगायतका विषयमा छलफल तथा पारित गर्ने छ ।

 

२०७८ साउन ४ गते १०:५० मा प्रकाशित

You can share this post!

प्रि ओपनिङमा २२.८६ अंकले बढ्यो सेयर बजार

प्रि ओपनिङमा २२.८६ अंकले बढ्यो सेयर बजार

Related posts