चार्टर्ड एकाउन्टेण्टदेखि सहायक प्रबन्धकसम्मका पदमा कर्मचारी, यस्तो छ अवसर

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै करार सेवाका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले चार्टर्ड एकाउन्टेण्ट सातौँ तहका लागि २ जना, सूचना प्रविधि (आईटी इन्जिनियर) सातौँ तह १ जना र सहायक प्रबन्धक छैठौँ तहका लागि ५ जना कर्मचारी माग गरेको छ ।

इच्छुक योग्य उम्मेदवारले आफ्नो शैक्षिक योग्यता र नेपाल नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको हालसालै खिचिएको फोटोसहित सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

उक्त पद तथा सेवाका लागि पुरुषको हकमा २१ बर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा भने २१ वर्ष पुरा भई ४० ननाघेको हुने पर्ने सूचनामा उल्लेख छ । करार अवधि भने एक वर्षको हुने कम्पनीले जनाएको छ ।

२०७८ साउन ४ गते ११:१८ मा प्रकाशित

You can share this post!

राष्ट्र बैंकको अध्ययन भन्छ : माघमा महंगी १० प्रतिशत पुग्छ

राष्ट्र बैंकको अध्ययन भन्छ : माघमा महंगी १० प्रतिशत पुग्छ

Related posts