सहायक महाप्रवन्धक, अधिकृतदेखि प्रशिक्षार्थीसम्मका पदमा खुल्यो जागिर: कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले सहायक महाप्रवन्धकदेखि सहायक प्रशिक्षार्थीसम्मको पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले सहायक महाप्रवन्धक पदका लागि १ जना, अधिकृत, सहायक अधिकृत, सुपरभाईजर/बरिष्ठ सहायक, सहायक/कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र हालसालै खिचिएको पासपोर्ट साइजको फोटोसहितको निवेदन, बायो डाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता तथा आवश्यकता अनुसार कार्य अनुभव सम्वन्धी विवरणसहित दरखास्त दिन सक्नेछन् ।

दरखास्तका लागि कम्पनीको वेवसाइट www.sadhanalaghubitta.com.np बाट अनलाइन आवेदन दिन सकिनेछ ।

विस्तृतका लागि हेनुहोस् सूचना:

२०७८ साउन ४ गते १५:०२ मा प्रकाशित

You can share this post!

बैंकमा थुप्रियो पैसा, एक सातामा ८२ अर्ब निक्षेप संकलन हुँदा ४२ अर्ब कर्जाको माग

बैंकमा थुप्रियो पैसा, एक सातामा ८२ अर्ब निक्षेप संकलन हुँदा ४२ अर्ब कर्जाको माग

Related posts