back
NMB ad

पहिलो सेयर कारोबारका लागि युनियन लाइफले कति पाउला ओपनिङ रेन्ज ? यस्तो आयो संकेत

Kumari bank ad

काठमाडौं । युनियन लाइफ इन्योरेन्स कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट ११५ रूपैयाँ १३ पैसादेखि ३४५ रुपैयाँ ३९ पैसा सम्मको ओपनिङ रेञ्ज पाउने देखिएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा बुझाएको विवरण पत्रअनुसार कम्पनीको पछिल्लो वास्तविक प्रति सेयर नेटवर्थ ११५.१३ रुपैयाँ रहेको छ । उक्त नेटवर्थ अनुसार कम्पनीले पहिलो सेयर कारोबारको लागि सो बराबरको ओपनिङ रेन्ज पाउने देखिएको हो ।

नेप्सेले कुनै पनि कम्पनीको पहिलो सेयर करोबारको लागि प्रतिसेयर नेटवर्थको विन्दुदेखि त्यसको तीन गुणासम्मको विन्दुलाई लिएर ओपनिङ रेञ्ज तोक्ने भएकाले कम्पनीले उक्त मूल्य रेञ्ज पाउने भएको हो ।

आर्थिक वर्ष २०७५/७६ अन्त्यसम्म कम्पनीको नेटवर्थ ११५ रुपैयाँ १३ पैसा रहेको छ । अब कम्पनीको सेयर नेप्सेमा सुचिकृत भएपनि सोही आधारमा पहिलो कारोबारको लागि मूल्य तय गर्दछ ।

कम्पनीले असार २४ गते देखि २८ गतेसम्म गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्कासन गरी साउन १ गते बाँडफाँट गरिसकेको छ ।

अहिले त्यो नेप्सेमा सुचिकृत गर्ने तयारी भइरहेको छ । अब त्यो नेप्सेमा सुचिकृत भएपछि कम्पनीको दास्रो बजारमा सेयर कारोबार हुने छ ।

कम्पनीले कुल ६४ लाख ५० हजार कित्ता आइपीओ निष्कासन विक्री खुला गरेको थियो । जसमध्ये ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीको लागि, ३ लाख २२ हजार ५ सय सामुहिक लगानीकोषको लागि छुट्याएको थियो ।

बाँकी रहेको ५८ लाख ५ हजार कित्ता ५ लाख ८० हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् । उक्त आइपीओमा २१ लाख ८२ हजार ७ सय ७५ जना आवेदकबाट आवेदन परेको हो । जसमध्ये २१ लाख १२ हजार ७९९ योग्य आवेदन थिए ।

वि.सं.२०७८ साउन ५ मंगलवार १४:१७ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...