back
NMB ad

जीडीपीको ५ % रकम राहत दिन चेम्बरको माग

Kumari bank ad

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ ।

भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गर्न सुझाव दिनुभएको छ ।

उक्त रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनु पर्ने, संसदमा बिचाराधीन आर्थिक विधेयकहरु पारित गरिनु पर्ने, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनु पर्ने बताउनुभयो

अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न बिभिन्न सुझावहरु दिनुभएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताउनुभयो ।

लुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि भइ अर्थतन्त्रमा योगदान पुग्ने जानकारी गराउनुभयो ।

निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरु, समस्त उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराउन आग्रह गर्नुभयो ।

बजेटमा विनियोजन गरिएको पुँजीगत बजेट समयबद्ध तालिका अनुसार खर्च गरिनु पर्ने, कृषि क्षेत्रमा प्रोत्साहनमूलक कार्यक्रम ल्याइनु पर्ने, निर्यात अनुदान मूल्य अभिवृद्धिको आधारमा दिइनु पर्ने, विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने कार्यक्रमहरु ल्याइनु पर्ने, लगानीको स्रोतको वैधतामा सरलीकरण हुनु पर्ने, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न बिशेष प्राथमिकता दिन सुझाव दिनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न सरकार निजी क्षेत्रसंग सदैव सहकार्य गर्न तयार रहेको बताउनुभयो । अहिले अर्थतन्त्रमा चुनौतिहरु आएको भन्दै यसलाई सरकार तथा निजी क्षेत्रको सहकार्यबाट मात्रै सम्वोधन गरिन सकिने बताउनुभयो ।

कोभिड खोप सम्वन्धी नेपाल चेम्वर अफ कमर्सको माग बारे सरकार सम्वेदनशील रहेको जानकारी गराउनुभयो । निकट भबिष्यमै यथेष्ट मात्रामा खोप उपलब्ध हुने बताउँदै नेपाल चेम्वर अफ कमर्सको माग सम्बोधन हुने बताउनुभयो ।

वि.सं.२०७८ साउन ५ मंगलवार १६:१६ मा प्रकाशित

You can share this post!

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...